डा भगवान कोइरालाले अबदेखि ह्याम्स अस्पतालबाट नियमित उपचार सेवा दिने
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले अबदेखि धुम्बाराहीमा रहेको ह्याम्स अस्पतालबाट नियमित सेवा दिने भएका छन् ।
आइतबार अस्पतालमा एक कार्यक्रम गर्दै डा कोइरालालाई स्वागत गरिएको थियो । सोही कार्यक्रममा डा कोइरालाले आफूले अबदेखि हरेक दिन २ बजेपछि ह्याम्स अस्पतालबाट बिरामीलाई सेवा दिने बताए । डा कोइरालाले ह्याम्स अस्पतालमा मुटुको उपचारका लागि चाहिने सम्पूर्ण प्रविधि र राम्रो टिम भएकाले आफू अस्पतालसँग जोडिएर सेवा दिने निर्णय लिएको बताए । उनले आफू जहाँ भए पनि बिरामीले सेवा पाउनुपर्छ भन्नेमा विश्वास राख्ने समेत जिकीर गरे ।
अस्पतालका कार्यकारी निर्देशक डा ज्योतिन्द्र शर्माले डा कोइराला ह्याम्सको स्थापना कालदेखि जोडिएको बताउँदै ४ वर्ष नेपाल मेडिकल काउन्सिलको प्रमुखको जिम्मेवारीमा भएका कारण सेवा दिन नसके पनि अब भने फेरि ह्याम्सबाट सेवा दिन सुरु गर्नुभएकोमा आफू र अस्पताल प्रशासन खुशी रहेको विचार व्यक्त गरे । डा कोइरालालाई स्वागत गर्दै अस्पतालका अध्यक्ष आरएस भण्डारीले डा कोइराला आफनो अस्पतालमा जोडिएसँगै अब भने देशमै मुटुको उत्कृष्ट उपचार गर्ने अब्बल टिम खडा भएको बताए । उनले मुटुको अत्याधुनिक प्रविधिसहितको उपचार ह्याम्स अस्पतालमा हुने समेत बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण