दिल्लीमा उच्च वायु प्रदूषणका कारण विद्यालय बन्द

हेल्थ टिभी अनलाइन : वायु प्रदूषणको स्तर बढ्दै गएपछि भारतको राजधानी नयाँ दिल्लीमा प्राथमिक विद्यालय केही समयका लागि बन्द गरिएको छ ।
प्रदूषणबाट बालबालिकाहरु प्रभावित हुने भएपछि आइतबारदेखि १० नोभेम्बरसम्म दिल्लीका सबै प्राथमिक विद्यालयहरु बन्द गरिएको हो। यसैगरी कक्षा ६ देखि १२ कक्षासम्मको पढाइ अनलाइन माध्यमबाट हुने पनि बताइएको छ ।
भारतीय मिडियाहरुका अनुसार दिल्लीको वायु प्रदूषण अति गम्भीर स्तरमा पुगेको छ । दिल्लीमा समग्र वायु गुणस्तर सूचकांक एक्युआई आइतबार ४८२ मा रेकर्ड गरिएको थियो । जुन गम्भीर श्रेणी हो । ५ नोभेम्बर आइतबार बिहान ७ बजेको रेकर्ड अनुसार दिल्लीका वजिपुर, शादीपुर, द्वारका, पन्जाबी बाग, मुंडका, लोधी रोड, ओखला लगायतका क्षेत्रमा वायु प्रदूषणको स्तर उच्च श्रेणीमा पुगेको छ ।
दिल्लीमा यो बेला हरेक वर्ष प्रदूषण उच्च स्तरमा पुग्ने गरेको छ । जसले गर्दा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको छ । दिल्ली विश्वमै उच्च वायु प्रदूषित शहरमध्ये पर्छ ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल