Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

भूकम्पबाट घाइते भएकाहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले जाजरकोट भूकम्पका घाइतेहरुको उपचार नि: शुल्क गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निशुल्क उपचारगर्ने निर्णय गरेको स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतले भूकम्पपछि तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको समेत जानकारी दिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार