स्तन क्यान्सरबारे सचेतना जगाउन दीप प्रज्वलन (फोटोफिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरले स्तन क्यान्सरबारे सचेतना जगाउन ‘पिंक क्यान्डल लाइट इभेन्ट’ दीप प्रज्वलनको आयोजना गरेको छ ।
अस्पतालले उपचारका लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको समेत सहयोगमा उक्त दीप प्रज्वलन कार्यक्रम गरेको हो । ‘आशाको लागि ज्योति’ नारासहित सबैले गुलाबी कलरको ड्रेस लगाएर गुलाबी नै मैनबत्ती बालेका थिए ।
कार्यक्रममा अस्पतालका अध्यक्ष तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदिप श्रेष्ठ लगायतका चिकित्सक, स्तन क्यान्सर सर्भाइभर, कर्मचारी लगायतको उपस्थिती थियो । अक्टोबर महिनालाई स्तन क्यान्सरबारे सचेतना महिनाको रुपमा लिई विभिन्न कार्यक्रम गर्ने गरिन्छ । सोही अनुरुप अस्पताल प्रांगणमा मंगलबार दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल