Health TV Online
Health TV Online

मलेरिया उन्मुलन गर्न दक्षिण पूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यक : स्वास्थ्य मन्त्री बस्नेत

मलेरिया उन्मुलन गर्न दक्षिण पूर्वी एशियाली देशहरुबीच आपसी सहकार्य आवश्यक : स्वास्थ्य मन्त्री बस्नेत

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मलेरिया उन्मुलन गर्न दक्षिण पूर्वी एशियाली देशहरुवीच आपसी सहकार्य आवश्यक रहेको बताएका छन् । दक्षिण पुर्व एशिया क्षेत्रिय समन्वय संयन्त्र फोरम एसआरसिएमएफ को आयोजनामा शुक्रबारदेखि काठमाडौंमा सुरु भएको मलेरिया उन्मुलनका लागि दक्षिण पुर्वी एशियाका सांसदहरुको योजना तथा तयारीका लागि प्राविधिक समितिको बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले आपसी सहकार्यमा जोड दिएका हुन ।

मन्त्री बस्नेतले भने, ‘ मलेरिया उन्मुलन हामी सबैको साझा एजेण्डा हो । एक देशको प्रयासले मात्र दक्षिण पुर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिदैन । यसमा सबैको प्राविधिक र आर्थिक सहकार्य आवश्यक छ ।’ खुला सिमाना र बसाईसराईका कारण पनि मलेरिया उन्मुलन चुनौतिपूर्ण भएको बताउदै मन्त्री बस्नेतले सबैको सहकार्य भए सन् २०३० सम्म दक्षिण पुर्वी एशियाबाट मलेरिया उन्मुलन गर्न सकिने दाबी गरे । मलेरिया उन्मुलनका साथै स्वास्थ्यका अन्य नीति र कानून बनाउने सर्वोच्च निकाय संसद भएकाले विभिन्न देशका संसदका सांसदहरुबिच हुने अनुभव आदान प्रदान र छलफलले यो क्षेत्रबाट मलेरिया उन्मुलनका लागि महत्वपूर्ण भूमिका खेल्ने मन्त्री बस्नेतले बताए ।

बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोसन पोखरेलले दक्षिण पुर्व एशियाका ११ वटै देशको दृढ सहकार्य भएको अवस्थामा सन् २०३० सम्म यो क्षेत्रबाट मलेरिया उन्मुलन गरि छाड्ने दावी गरे । बिगत ५० वर्षदेखि मलेरिया उन्मुलनको क्षेत्रमा लागि परेको भए पनि पूर्ण सफलता पाउन नसकेको तर आउँदो ६ बर्षमा भने त्यो सफलता प्राप्त गरि छाडनेमा डा पोखरेलले जोड दिए । दुई दिनसम्म चल्ने बैठकलाई सम्बोधन गर्दै दक्षिण पुर्व एशिया क्षेत्रिय समुन्वय संयन्त्र फोरम एसआरसिएमएफ का कार्यकारी सचिव डा जिग्मी सिंगे, भारतको पश्चिम बंगालका मन्त्री गुलाम रब्बानी, बंगलादेशका सांसद प्राडा मोहम्मद अब्दुल अजिज, नेपालका सांसद छविलाल विश्वकर्मा, तान्जेनियाका स्वास्थ्य अधिकारकर्मी डा मेलानिए रेन्स र इसिमोडका महानिर्देशक डा पेमा लगायतले मलेरिया उन्मुलनका लागि आपसी सहिकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना