अमेरिकामा बन्दुकधारीद्वारा आक्रमण, १६ जनाको मृत्यु

हेल्थ टिभी अनलाइन : संयुक्त राज्य अमेरिकाको मेइन राज्यस्थित लुविस्टन सहरमा एक बन्दुकधारीको आक्रमणमा परी कम्तीमा १६ जनाको मृत्यु भएको खबर आएको त्यहाँको प्रहरीले जनाएको छ। अन्य केही व्यक्ति घाइते भएको बताइएको छ ।
उक्त बन्दुकधारी अझै पनि खुला रूपमा हिँडिरहेकाले त्यहाँका बासिन्दासँगै नजिकैको लिज्बन सहरका बासिन्दालाई पनि सुरक्षित स्थानमा रहन भनिएको छ।
प्रहरीले उक्त व्यक्ति ४० वर्षे रोबर्ट कार्ड हुन सक्ने भनी खोजी सुरु गरेको छ। राष्ट्रपति जो बाइडनलाई पनि उक्त घटनाबारे सूचित गरिएको र उनले यसबारे निरन्तर जानकारी लिने उनको कार्यालय ह्वाइट हाउसले जनाएको छ।
अधिकारीहरूले मृतकको सङ्ख्या यकिन नगरे पनि बीबीसीको अमेरिकी साझेदार सीबीएसले केही अधिकारीहरूसँग कुरा गरी कम्तीमा १६ को मृत्यु भएको जनाएको छ।
बीबीसीबाट :
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल