स्वास्थ्य मन्त्रालयले भन्यो : चाडबाडको समयमा खानपानमा ध्यान दिनु
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं, तिहार र छठ पर्वको शुभकामना दिँदै खानपानमा विशेष ध्यान दिन भनेको छ ।
मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै चाडपर्वका समयमा असन्तुलित खानपान तथा जीवनशैलीका कारण स्वास्थ्यमा समस्या देखिन सक्ने भन्दै रातो मासुको सट्टा सेतो मासु, ताजा फलफूल र रेशादार खानेकुरामा जोड दिन सुझाव दिएको हो।
मन्त्रालयले चाडबाडको बिदाका दिनमा पनि अस्पतालमा आकस्मिक स्वास्थ्य सेवा उपलब्ध हुने हुँदा केही परेमा सेवा लिन सकिने जनाउँदै सम्बन्धित निकायलाई एम्बुलेन्स लगायतका सेवा अपडेट राख्न समेत निर्देशन दिएको छ । केही स्वास्थ्य सम्बन्धी जानकारी लिन परेमा हटलाइन नंबर १११५ र ११३३ मा सम्पर्क गर्न सकिने जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण