Health TV Online
Health TV Online
Health TV Online

औषधी उद्योगी प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महावाणिज्य दूतमा नियुक्त

औषधी उद्योगी प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महावाणिज्य दूतमा नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : औषधी उद्योगी तथा नेपाल औषधि उत्पादक संघका निवर्तमान अध्यक्ष प्रज्वलजंग पाण्डे नेपालका लागि रुवाण्डाका महाबाणिज्य दूतमा नियुक्त भएका छन् ।

परराष्ट्रमन्त्री एनपी साउदले सोमबार पाण्डेलाई प्रमाणपत्र दिँदै नेपालका लागि रूवाण्डाको वाणिज्यदूतको आधिकारिकता प्रदान गरेका हुन ।

वाणिज्यदूतमा पाण्डेको नियुक्तिसँगै द्विपक्षीय सहायता तथा सहयोगमा नेपालले काम गर्ने भएको छ । जसमा व्यापार, आयात निर्यात, पर्यटन, संस्कृतिलगायत दर्जनौं क्रियाकलापमा द्विपक्षीय रूपमा विशेष सुविधाको उपयोग गर्न पाईने नवनियुक्त वाणिज्यदूत पाण्डेले जानकारी दिए ।

कार्यक्रममा परराष्ट्र मन्त्री साउदले पाण्डेको नियुक्तिसँगै नेपाल र रुवान्डा बीच दुई देशीय व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास सरकारले लिएको जिकीर गरे ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार