के स्तन क्यान्सर वंशाणुगत पनि हुनसक्छ ? के भन्छन् विज्ञ ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्तन क्यान्सर वंंशाणुगत हुनसक्छ की भन्ने विषयमा विज्ञहरुले बृहत छलफल कार्यक्रम गरेका छन् ।
नेपाल क्यान्सर अस्पतालले अयोजना गरेको छलफल कार्यक्रममा विभिन्न क्यान्सरका विज्ञहरुले स्तन क्यान्सर वंंशाणुगत हुनसक्छ की सक्दैन तथा यो क्यान्सरको अन्य क्यान्सरसँग कस्तो सम्बन्ध हुन्छ भन्ने विषयमा आ आफनो धारणा राखेका थिए । कार्यक्रममा अस्पतालका अध्यक्ष एवम वरिष्ठ मेडिकल अंकोलोजिस्ट डा सुदिप श्रेष्ठले ५ देखि १० प्रतिशत स्तन क्यान्सर वंंशाणुगत हुने र अरु भने अन्य कारणले आउने बताए ।
उनले एक स्तन क्यान्सरकाबारेमा प्रस्तुतीकरण गर्दै स्तन क्यान्सर क कस्ता व्यक्तिलाई वंशाणुगत रुपमा आउनसक्छ भन्ने बताएका थिए । डा श्रेष्ठले मानव शरीर लाखौं सेलहरुले बन्ने भएकाले यही सानो कुनै सेलमा गडबडी भएमा क्यान्सर हुने भन्दै कतिपय क्यान्सर हाम्रो आफनै शरीरको डिफेक्टको कारणलेह हुने जनाए । उनले हाम्रो शरीरको ब्राका ए वान र ब्राका ए २ भन्ने जीनमा खराबी आएमा स्तन क्यान्सरको जोखिम हुने जानकारी दिए । उनले भने, ब्राका ए वान मुख्य रुपमा जिम्मेवार हुन्छ ब्राका ए २ को तुलनामा । त्यसैले कसैको ब्राका ए वान भन्ने जीनमा खराबी छ भने त्यस व्यक्ति स्तन क्यान्सरसँगै ओभरी क्यान्सरको पनि जोखिममा हुन्छन् । त्यसैले हामीले यदि कसैलाई परिवारमा स्तन क्यान्सर छ भने अन्य दिदी बैनीलाइ जेनेटिक टेस्ट गर्न सल्लाह दिन्छौं त्यसमा ब्राका पनि पर्छ ।ब्राका ए वान टेस्ट गर्दा क्यान्सर गराउने जीन छ छैन पहिले नै पत्ता लाग्छ उनले भने । यसले बिरामीलाई पहिले नै सचेत गराउने उनको भनाई थियो ।
यसैगरी छलफल कार्यक्रममा स्तन क्यान्सर सर्जन डा प्रफुल्ल शाक्यले महिलालाई स्तन क्यान्सर हुँदा रोगको मात्र उपचार गरेर नपुग्ने भन्दै स्तनको सौन्दर्य कसरी जोगाउने भन्ने पनि सँगसँगै आउने बताए । उनले आफूहरुले महिलाको स्तन बचाएर शल्यक्रिया गर्दै आएको र यसले महिलालाई पछि गएर आफनो स्तनका कारण सौन्दर्यलाई लिएर हिनताबोध नहुने जिकीर गरे । उनले भने, पहिले पहिले जस्तो स्तन क्यान्सर हुनेबित्तिकै स्तन सबै काटेर फालिहाल्ने भन्ने हुँदैन । अहिले हामीले स्तन बचाएर वा फाल्नै परेमा फेरि स्तन प्रत्यारोपण गरेर पनि शल्यक्रिया गछौं ।
अस्पतालका वरिष्ठ प्याथोलोजिस्ट डा हरि ढकालले क्यान्सरको उपचारमा प्याथोलोजीको महत्वपूर्ण भूमिका हुने जिकीर गरे । उनले सही निदान भएपछि मात्र उपचार सही हुने भन्दै नेपाल क्यान्सर अस्पतालमा आफूहरुले विश्वस्तरीय ल्याब सेवा दिइरहेको समेत जानकारी दिए ।
यसैगरी अर्का चितित्सक डा मुरारीमान श्रेष्ठले स्तन क्यान्सर नेपालमा असाध्यै धेरै बढिरहेको भन्दै यसको रोकथामका लागि खानपान, जीवनशैली तथा समय समयमा परीक्षणमा ध्यान दिन आवश्यक भएको बताए ।
छलफल कार्यक्रममा स्तन क्यान्सर भएर निको भएकाहरुले आ आफनो उपचार अनुभव सुनाएका थिए । उनीहरुले क्यान्सर लाग्दैमा आत्तिहाल्नुपर्ने नभई समयमै उपचार गरे निको हुने बताए । अक्टोबर महिनालाई स्तन क्यान्सर सचेता महिनाका रुपमा मनाउने गरिन्छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’