भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा ऋषिकेश श्रेष्ठ
हेल्थ टिभी अनलाइन \काठमाडौं : भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा प्राडा ऋषिकेश नारायण श्रेष्ठलाई नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले श्रेष्ठलाई आर्थिक अधिकारसहितको निर्देशकको जिम्मेवारी दिएका हुन्।
यही असाोज २६ गतेको मन्त्रीस्तरीय निर्णयमार्फत डा श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको जिम्मेवारी दिइएको हो ।
उनले आजै कार्यभार सम्हालेका छन्।
डा श्रेष्ठ सोही अस्पतालमा कार्यरत सिनिअर कन्सल्टेन्ट सर्जिकल अंकोलोजिस्ट हुन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’