भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा ऋषिकेश श्रेष्ठ

हेल्थ टिभी अनलाइन \काठमाडौं : भक्तपुर क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा प्राडा ऋषिकेश नारायण श्रेष्ठलाई नियुक्त गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले श्रेष्ठलाई आर्थिक अधिकारसहितको निर्देशकको जिम्मेवारी दिएका हुन्।
यही असाोज २६ गतेको मन्त्रीस्तरीय निर्णयमार्फत डा श्रेष्ठलाई अर्को व्यवस्था नभएसम्मका लागि आर्थिक र प्रशासनिक अधिकारसहितको जिम्मेवारी दिइएको हो ।
उनले आजै कार्यभार सम्हालेका छन्।
डा श्रेष्ठ सोही अस्पतालमा कार्यरत सिनिअर कन्सल्टेन्ट सर्जिकल अंकोलोजिस्ट हुन्।
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति
किष्ट अस्पताल बन्यो ‘एनएबिएच’ मान्यता प्राप्त शिक्षण अस्पताल