मानसिक समस्या पनि शारीरिक समस्या जस्तै हो : प्रधानमन्त्री दाहाल
हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मानसिक समस्या पनि शारीरिक समस्या जस्तै रहेको र उपचार गरे निको हुने भन्दै यसमा भेदभाव गर्न नहुने बताएका छन्। उनले समावेशी एवम समतामूलक समाज निर्माणका लागि मानसिक बिरामीमाथि लाञ्छना र भेदभाव गर्न नहुने बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले आज विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा भिडियो सन्देश दिदै मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता अन्धविश्वास र लाञ्छनालाई न्यूनीकरण गर्न थप प्रभावकारी पहलहरु अगाडि बढाउन जरुरी रहेको बताए । उनले आफनो वक्तब्यमा भनेका छन्, ‘मानसिक बिरामी पनि अन्य सामाजिक रोगी जस्तै हुन् । त्यसैले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई भेदभाव नगरौँ, हुन नदिऔँ उनीहरुलाई सम्मानजनक व्यवहार गरौ ।’
उनले नेपालमा पनि विभिन्न कारणले मानसिक समस्या बढेकोमा चिन्ता र चासो व्यक्त गर्दै यसको समाधानका लागि उपायहरु खोजिनेमा जोड दिए । हरेक वर्ष अक्टोबर १० मा विश्व मानसिक स्वास्थ्य दिवस मनाउने गरिन्छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’