Health TV Online
Health TV Online
Health TV Online

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बुँदे सहमति, आन्दोलन फिर्ता

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति भएको छ । सरकार र आन्दोलनरत पक्षबीच गृह मन्त्रालयमा सम्पन्न वार्तामा ६ बुँदे सहमति भएपछि चिकित्सकहरुले गत पाँच दिन देखि जारी आफ्नो आन्दोलन फिर्ता लिने निर्णय गरेका हुन्। उप प्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा गृह मन्त्रालयमा ६ बुँदे सहमति भएको हो।

सहमतिमा सरकारका तर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा दीपेन्द्ररमण सिंह र आन्दोलनरत चिकित्सकका तर्फबाट डा शेषराज घिमिरेले हस्ताक्षर गरेका छन् ।

सहमतिमा स्वास्थ्यकर्मीमाथि कुटपिट तथा आक्रमण गर्ने विरुद्ध स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा सम्वन्धी ऐन अनुसार कारवाही गर्ने, स्वास्थ्य संस्थाहरुमा सुरक्षाको थप भरपर्दो व्यवस्था मिलाउने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा ऐनमा थप संसोधन गर्नका लागि एक साता भित्रै प्रक्रिया अघि बढाउने, सुविधाहरुमा एकरुपता ल्याउन समिति गठन गर्ने, कुटपिटको घटनाको कारक तत्व पहिचान गर्न उच्चस्तरीय कार्यदल गठन गर्ने लगायतका छन् ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार