नेपाल चिकित्सक संघले भोलिदेखि गर्न लागेको ‘नेशनल हेल्थ समिट’ स्थगित
संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले भने, 'हाम्रा साथीहरु आन्दोलनमा होमिएका बेला हामीले कसरी सम्मेलन गर्न सक्छौं । यो हाम्रो पनि आन्दोलन हो ।'
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले भोलिदेखि असोज १२ र १३ गते गर्न लागेको तेस्रो राष्ट्रिय स्वास्थ्य शिखर सम्मेलन ‘एनएमए नेशनल हेल्थ समिट’ हाललाई स्थगित भएको छ।
संघले एक विज्ञप्ति जारी गर्दै काठमाडौंको कार्की ब्याङ्क्वेटमा यही असोज १२ र १३ गते गर्न लागेको ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ अर्को सूचना जारी नहुन्जेलसम्म स्थगित भएको जनाएको हाे।
संघका महासचिव सन्जिव तिवारीद्धारा जारी भएको विज्ञप्तिमा स्वास्थ्य शिखर सम्मेलनको मिति निकट भविष्यमै तय गरिने समेत उल्लेख छ ।
समिट स्थगित गरेको विषयमा कुरा गर्दै संघका अध्यक्ष डा अनिल विक्रम कार्कीले भने, हाम्रा साथीहरु आन्दोलनमा होमिएका बेला हामीले कसरी सम्मेलन गर्न सक्छौं । यो हाम्रो पनि आन्दोलन हो । त्यसैले सबै डाक्टरहरु भयरहित वातावरणमा काम गर्ने स्थितीको सिर्जना हुनुपर्छ भन्दै अहिलेलाई हामीले समिट स्थगित गरेका हौं । छिटै नै सबै साथीहरुसँगै भएर समिट गर्ने छौं उनले थपे ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’