चिकित्सकप्रतिको दुर्व्यवहार बन्द गरौं : केपी ओली
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चिकित्सकहरुप्रतिको दुर्व्यवहार बन्द गर्दै सम्मान र हार्दिकता विकास गर्न अनुरोध गरेका छन्।
पछिल्लो समय डाक्टरहरुमाथि हातपात दुर्व्यवहार भएका समाचारहरु आइरहेको विषय उल्लेख गर्दै ओलीले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त अनुरोध गरेका हुन्। उनले आफ्नो जीवनमा चिकित्सकको ठूलो भूमिका रहेको उल्लेख गर्दै दुर्व्यवहार तत्काल बन्द गर्न आग्रह गरेका हुन्।
उनले लेखेका छन, ‘मेरो जीवनमा डाक्टरको ठूलो भूमिका छ। डाक्टरको महत्त्व म स्वयंले आफ्नो जीवनमा महसुस गरेको छु। आजभोलि उपचार गरिरहेका डाक्टरहरुलाई हातपात र दुर्व्यवहार भएका समाचार सामाजिक सञ्जालमा देखेको छु। मेरो अनुरोध छ डाक्टरहरु प्रतिको दुर्व्यवहार बन्द गरौं । सम्मान र हार्दिकता विकास गरौं ।’
अस्पतालमा डाक्टरमाथि हातपातका घटना बढ्दै गएपछि केही दिनदेखि देशभरका चिकित्सक र स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’