ग्रान्डी इन्टरनेशनल हस्पिटलमा क्षयरोग उपचार केन्द्र (डट्स) को स्थापना
हेल्थ टिभी अनलाइन \काठमाडौं : धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटलमा क्षयरोग उपचार केन्द्र डट्स को स्थापना गरिएको छ।
सोमबार राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा प्रज्वल श्रेष्ठ, टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर बिसी र ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले संयुक्त रुपमा केन्द्रको उद्घाटन गरेका हुन्।
ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा नगरपालिका र राष्ट्रिय क्षयरोग केन्द्रको संयुक्त सहकार्यमा यो कार्यक्रम डट्स केन्द्रको संचालन हुने बताइएको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रका निर्देशक डा श्रेष्ठले क्षयरोगीहरुका लागि सहजै उपचारको व्यवस्था गर्न टोखा क्षेत्रमा उक्त निःशुल्क क्षयरोग केन्द्र खोल्न ग्रान्डी अस्पतालले स्थान व्यवस्थापन गरेकोप्रति आभार व्यक्त गरे। केन्द्रमा क्षयरोगीहरुको लागि निःशुल्क औषधि वितरण गरिनेछ।
ग्रान्डी मात्र नभई मुलुकका सबै ५० बेड भन्दामाथि सञ्चालित अस्पतालले डट्स केन्द्र राख्नु आवश्यक रहेको निर्देशक डा श्रेष्ठले बताए। ग्रान्डी अस्पतालबाट सुरुवात भएको यस कार्यक्रमलाई मुलुकभरका निजी अस्पतालहरुमा लैजाने लक्ष्य सरकारको रहेको उनले बताए। मुलुकमा अनुमानित क्षयरोगी अझै उपचारको पहुचमा आउन नसकेको बताउदै उनले डट्स केन्द्रको दायरा बढाएर उपचार पनि गर्ने तथा तथ्याङ्क पनि संकलन हुने भएकाले केन्द्रहरु बढाउनु पर्ने बताए।
अझै हरेक वर्ष ७९ हजार संक्रमित थपिने गरेको तर ३७ हजार ५ सय ३१ मात्र उपचारको पहुचमा आउने गरको तथ्याङक रहेको छ।
अस्पतालका मेडिकल डाइरेक्टर डा बिनोद बिजुक्छेले बिरामीको हितका लागि अस्पताल सधैं सकारात्मक रहेको धारणा राखे। उनले ग्रान्डी अस्पतालले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त केन्द्र स्थापना गरेको समेत बताए। कार्यक्रममा टोखा नगरपालिकाका प्रतिनिधीहरु, अस्पतालका चिकित्सक तथा अन्य कर्मचारीहरुको समेत सहभागिता रहेको थियो।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’