चिकित्सक संघले आइतबारदेखि देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले आइतबारबाट देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने घोषणा गरेको छ । गत बुधबार हेटौंडास्थित सन्चो अस्पतालका डा विकास थापा र डा प्रशान्त विडारीमाथि कुटपिट गर्नेलाई कारबाही नगरेको भन्दै संघले देशभरका अस्पतालको आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प पार्ने निर्णय गरेको हो । संघले आज विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।
संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ, गत भाद्र २७ गतेका दिन यस संघका आजीवन सदस्यद्वय डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि सन्चो अस्पताल हेटौडामा विरामीहरुको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण गरी ज्यानै जाने मनशायले गम्भीर घाइते बनाइएको घटनाका सम्बन्धमा नेपाल चिकित्सक संघबाट भाद्र २७ गते ७२ घण्टाको अल्टिमेटम दिई दोषीहरुलाई कानूनी कारवाही गर्न माग गरिएको थियो । सो घटनाका सम्बन्धमा सरकारले सम्पूर्ण दोषीहरुलाई कानूनी दायरामा नल्याएको हुनाले नेपाल चिकित्सक संघ बाध्यताबस मिति २०८० भाद्र ३१ गतेदेखि अस्पतालको आकस्मिक बाहेकको सेवा ठप्प पार्ने जानकारी गराउँदछ ।’
यसैगरी संघले सन्चो अस्पताल हेटौडामा भएको सांघातिक घटनामा संलग्न सम्पूर्ण दोषीहरुको अबिलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानूनी कारवाहीको सुनिश्चितता हुनुपर्ने पनि माग राखेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण