ड्युटीमा रहेका डाक्टरमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग
हेल्थ टिभी अनलाइन \काठमाडौं : हेटौंडामा अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । बुधबार हेटौंडास्थित सन्चो अस्पतालमा ड्युटीमा रहेका डाक्टरमाथि कुटपिट भएको थियो । अस्पतालका चिकित्सक डा प्रशान्त बिडारी र डा विकास थापामाथि कुटपिट भएको हो।
साउन २२ गते एक जना बिरामी उच्च ज्वरो लिएर डेंगुको शंका सहित अस्पताल भर्ना भएका थिए । उनमा जटिलता देखिएपछि थप उपचारका लागि भन्दै अस्पतालले चितवनको सुविधासम्पन्न अस्पताल रिफर गरेको थियो । तर उपचारकै क्रममा २५ साउनमा बिरामीको मृत्यु भयो। त्यसपछि सन्चो अस्पतालले राम्रोसँग उपचार नगरेका कारण बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले अस्पतालमा गएर हुलदंगा गर्ने गरेको बताइन्छ । यही क्रममा बुधबार सन्चो अस्पताल गई ड्युटीमा रहेका डा विकास थापा र प्रशान्त विडारीमाथि सांघातिक हमला गरेका थिए ।
संघले यस्तो अपराधिक काममा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण