ड्युटीमा रहेका डाक्टरमाथि कुटपिट गर्नेलाई कारबाही गर्न चिकित्सक संघको माग

हेल्थ टिभी अनलाइन \काठमाडौं : हेटौंडामा अस्पतालमा कार्यरत डाक्टरमाथि कुटपिट गर्नेलाई कडा कारवाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । बुधबार हेटौंडास्थित सन्चो अस्पतालमा ड्युटीमा रहेका डाक्टरमाथि कुटपिट भएको थियो । अस्पतालका चिकित्सक डा प्रशान्त बिडारी र डा विकास थापामाथि कुटपिट भएको हो।
साउन २२ गते एक जना बिरामी उच्च ज्वरो लिएर डेंगुको शंका सहित अस्पताल भर्ना भएका थिए । उनमा जटिलता देखिएपछि थप उपचारका लागि भन्दै अस्पतालले चितवनको सुविधासम्पन्न अस्पताल रिफर गरेको थियो । तर उपचारकै क्रममा २५ साउनमा बिरामीको मृत्यु भयो। त्यसपछि सन्चो अस्पतालले राम्रोसँग उपचार नगरेका कारण बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले अस्पतालमा गएर हुलदंगा गर्ने गरेको बताइन्छ । यही क्रममा बुधबार सन्चो अस्पताल गई ड्युटीमा रहेका डा विकास थापा र प्रशान्त विडारीमाथि सांघातिक हमला गरेका थिए ।
संघले यस्तो अपराधिक काममा संलग्न व्यक्तिलाई कडा भन्दा कडा कारवाही गर्न माग गर्दै विज्ञप्ति जारी गरेको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति