पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ आजबाट सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभी खोप आजबाट सुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले थापाथलीस्थित परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालबाट उक्त खोप सुरु गरे । यो पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस ९एचपीभी० विरुद्धको खोप हो ।
अस्पताल निर्देशक डा श्रीप्रसाद अधिकारीका अनुसार खोप अभियानको पहिलो चरण भएकाले अहिले खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र यो खोप लगाउन पाउने छन्। यद्यपी सामान्यतया भने यो खोप ९ देखि १४ वर्ष उमेरका किशोरीलाई लगाउने गरिन्छ । यौन जीवनमा प्रवेश गर्नुअघि यो खोप दिंदा बढी प्रभवकारी हुने बताइन्छ ।
पहिलो चरणमा सरकारले किशोरीहरुलाई खोप लगाउन २० हजार भाइल खोप नेपाल भित्र्याएको हो । यो खोप ६ महिनाभित्र दुई मात्रा दिनुपर्ने हुन्छ ।
एचपीभी खोप अभियानको पहिलो चरणमा देशका विभिन्न सात अस्पतालबाट लगाउने परिवार कल्याण महाशाखाले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण