औषधि व्यवस्था विभागद्धारा सेवाग्राही सहायता कक्ष सञ्चालनमा

हेल्थ टिभी अनलाइन \काठमाडौं : औषधि व्यवस्था विभागले सेवाग्राहीको सजिलोका लागि भन्दै सेवाग्राही सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
विभागमा विभिन्न काम लिएर आउने सेवाग्राहीका लागि औषधि पसल दर्ता, नविकरण लयागतका सेवा सहज रुपमा उपलब्ध गराउन सकियोस भनेर आइतबार देखि सहायता कक्ष हेल्प डेस्क सञ्चालनमा ल्याइएको हो ।
विभागमा विचौलियाका कारण सेवाग्राहीले सास्ती भोग्न परेको गुनासो आएपछि निशुल्क सहायता कक्ष सञ्चालनमा ल्याइएको विभागका महानिर्देशक नारायण ढकालले जनाएका छन् । उक्त हेल्प डेस्कमा कम्प्युटरसहित दुई जना कर्मचारी रहनेछन् जसले सेवाग्राहीको कामलाई सहज गरिदिनेछन् ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति