कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषी देखिनेलाई कारवाही हुन्छ : मन्त्री बस्नेत
हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालमा केही दिन अघि भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिने जोकोही भए पनि कारवाही गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।
मन्त्री बस्नेतले इजिप्टको राजधानी कायरोमा सम्पन्न भएको जनसंख्या, स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आइतबार काठमाडौं आउँदै गर्दा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बालिका मृत्यु प्रकरणका दोषीलाई कारवाही गर्ने बताएका हुन् ।
कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिका रेजिशा गोपालीले इमर्जेन्सीमा २ घण्टा कुर्दा समेत समयमै उपचार नपाएर मृत्यु भएको खबर बाहिर आएको थियो । मन्त्री बस्नेतले सो समाचार आफू विदेश भए पनि गम्भीर तरिकाले हेरेको र त्यसको लागि छानविन समितिका लागि स्वास्थ्य सचिव डा रोशन पोखरेललाई तुरुन्त निर्देशन दिएको बताए ।
उनले यदि सो घटनामा लापरवाही भएको पाइएमा दोषीलाई कडा कारवाही गरिने समेत जनाए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण