कान्ति अस्पतालमा बालिका मृत्यु प्रकरणमा दोषी देखिनेलाई कारवाही हुन्छ : मन्त्री बस्नेत

हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालमा केही दिन अघि भएको बालिका मृत्यु प्रकरणमा दोषी देखिने जोकोही भए पनि कारवाही गरिने स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बताएका छन् ।
मन्त्री बस्नेतले इजिप्टको राजधानी कायरोमा सम्पन्न भएको जनसंख्या, स्वास्थ्य तथा विकास सम्मेलनमा भाग लिएर आइतबार काठमाडौं आउँदै गर्दा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै बालिका मृत्यु प्रकरणका दोषीलाई कारवाही गर्ने बताएका हुन् ।
कान्ति बाल अस्पतालमा पाँच वर्षीया बालिका रेजिशा गोपालीले इमर्जेन्सीमा २ घण्टा कुर्दा समेत समयमै उपचार नपाएर मृत्यु भएको खबर बाहिर आएको थियो । मन्त्री बस्नेतले सो समाचार आफू विदेश भए पनि गम्भीर तरिकाले हेरेको र त्यसको लागि छानविन समितिका लागि स्वास्थ्य सचिव डा रोशन पोखरेललाई तुरुन्त निर्देशन दिएको बताए ।
उनले यदि सो घटनामा लापरवाही भएको पाइएमा दोषीलाई कडा कारवाही गरिने समेत जनाए ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति