स्वास्थ्य सचिव गुरागाईँद्धारा केन्द्रीय कारागार अस्पतालको निरीक्षण

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईले केन्द्रीय कारागार अस्पतालको निरीक्षण गरेकी छन् ।
शुक्रबार उनले अस्पतालको बिशेषज्ञ क्लिनीक, अन्तरंग,रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, आकस्मिक कक्ष लगायतका सेवा तथा कक्षहरुको निरीक्षण गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा प्रकाश बुढाथोकीले बताए । निरीक्षणका क्रममा सचिव गुरागाईले कैदीबन्दीको खानपान, बसाई, सरसफाई, शिक्षा र बिरामीहरुको ब्यवस्थापनका विषयमा छलफल गरिन ।
डा बुढाथोकीले अस्पताल गृह मन्त्रालय अन्तर्गत तथा चिकित्सक र स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयका रहदा समन्वय र स्वास्थ्यका कर्मचारी भएर पनि तालिम,अभिमुखीकरण र विदेश भ्रमणमा बञ्चित रहेको बताउदै समायोजन पछिको कर्मचारी ब्यवस्थापन र असार मसान्त तथा साउनमा भएका मन्त्रालयको निर्देशनका बारेमा जानकारी र जिज्ञासा राखेका थिए ।
निरीक्षणका क्रममा सचिव गुरागाईले कारागार अस्पतालको व्यवस्थापन तथा सेवा राम्रो रहेको भन्दै प्रशंसा गरेकी थिइन ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति