स्वास्थ्य सचिव गुरागाईँद्धारा केन्द्रीय कारागार अस्पतालको निरीक्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव देव कुमारी गुरागाईले केन्द्रीय कारागार अस्पतालको निरीक्षण गरेकी छन् ।
शुक्रबार उनले अस्पतालको बिशेषज्ञ क्लिनीक, अन्तरंग,रेडियोलोजी, प्रयोगशाला, फार्मेसी, आकस्मिक कक्ष लगायतका सेवा तथा कक्षहरुको निरीक्षण गरेको अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा प्रकाश बुढाथोकीले बताए । निरीक्षणका क्रममा सचिव गुरागाईले कैदीबन्दीको खानपान, बसाई, सरसफाई, शिक्षा र बिरामीहरुको ब्यवस्थापनका विषयमा छलफल गरिन ।
डा बुढाथोकीले अस्पताल गृह मन्त्रालय अन्तर्गत तथा चिकित्सक र स्वास्थ्यकर्मी स्वास्थ्य मन्त्रालयका रहदा समन्वय र स्वास्थ्यका कर्मचारी भएर पनि तालिम,अभिमुखीकरण र विदेश भ्रमणमा बञ्चित रहेको बताउदै समायोजन पछिको कर्मचारी ब्यवस्थापन र असार मसान्त तथा साउनमा भएका मन्त्रालयको निर्देशनका बारेमा जानकारी र जिज्ञासा राखेका थिए ।
निरीक्षणका क्रममा सचिव गुरागाईले कारागार अस्पतालको व्यवस्थापन तथा सेवा राम्रो रहेको भन्दै प्रशंसा गरेकी थिइन ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’