Health TV Online
Health TV Online

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा ५६ प्रतिशत परीक्षार्थी उत्तीर्ण

हेल्थ टिभी अनलाइन : नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको नाम दर्ता लाइसेन्स परीक्षामा ५६ दशमलब ११ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले भाद्र १५ देखि २० गतेसम्म लिएको परीक्षाको नतिजा बुधबार सार्वजनिक भएको हो।

परीक्षामा स्नातकोत्तर, स्नातक र प्रमाणपत्र तीन तहका गरी ५ हजार ५ सय ३७ परीक्षार्थी सहभागी भएका थिए। प्रमाणपत्र तहमा ४ हजार ६ सय ४६ जनाले परीक्षा दिएकोमा २ हजार ७ सय २५ जना पास भएको परिषदले जनाएको छ।

त्यस्तै स्नातक तहमा ७ सय ५६ जनामा ३०८ जना र स्नातकोत्तर तहमा १२५ जनाले परीक्षा दिएकोमा ६८ जना उत्तीर्ण भएका छन्।

सधै पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानमा परीक्षा केन्द्र तोक्ने परिषद्ले यसपटक भने त्यहाँ नमिलेको भन्दै बबरमहलस्थित नेपाल औषधि लिमिटेड परिसरमा परीक्षा केन्द्र तोकेको थियो ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना