नवलपुरमा जापानिज इन्सेफलाइटिसबाट एकको मृत्यु

हेल्थ टिभी अनलाइन\ काठमाडौं : लामखुट्टेको टोकाइबाट लाग्ने रोग जापानिज इन्सेफलाइटिसबाट नवलपुरमा एकजनाको निधन भएको छ। नवलपुरको देवचुली १७ निवासी ६६ वर्षीया महिलाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ।
नवलपुरमा यस वर्षमा दुईजनामा जापानिज इन्सेफलाइटिस पुष्टि भएको र एकजनाको निधन भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए।
चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाँईले बताए। परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताए।
उनका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति