स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगिता मिश्रा नियुक्त

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा संगिता मिश्रा नियुक्त भएकी छन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा मिश्रालाई विभागको महानिर्देशकको जिम्मेवारी दिएका हुन्। यसअघि विभागको महानिर्देशकमा डा दिपेन्द्र रमण सिंह थिए।
डा मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिव १२ औं तहमा थिइन्। यसैगरी मन्त्री बस्नेतले कान्ति बाल अस्पतालका निर्देशकको जिम्मेवारी पनि हेरफेर गरेका छन् ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति