स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक सूचीबाट हटायो २६ अस्पताल तथा मेडिकल कलेज
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य बीमा बोर्डले २६ वटा नीजि अस्पताल तथा मेडिकल कलेजलाई आफ्नो सेवाप्रदायक स्वास्थ्य संस्थाको सूचीबाट हटाएको छ।
बोर्डको गत ३२ साउनमा बसेको बैठकले ती स्वास्थ्य संस्थाहरुलाई सेवा प्रदायक स्वास्थ्य संस्थाको सूचीबाट हटाउने निर्णय गरेको हो । यसरी हटाइएका स्वास्थ्य संस्थाहरु अधिकांश आफैले सूचना टाँस गरेर सेवा दिन नसकिने बताउनेहरु छन् । कतिपयले भने बन्द भएको सेवा सुचारु गरीपाउँ भनेर निवेदन समेत दिएका थिए । बोर्डले सूचीकरण भएर पनि नविकरण नभएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको जनाएको छ ।
यसरी हटाउने संस्थाहरुमा पुर्वको नोबेल मेडिकल कलेज देखि दुर्गा प्रसाईको बी एण्ड सी मेडिकल कलेजसम्म रहेका छन् । यसैगरी बोर्डले चितवन मेडिकल कलेज, विराट मेडिकल कलेज, नेशनल मेडिकल कलेज, लाइफ लाइन अस्पताल, फत्तेबाल आँखा अस्पताल लगायतलाई पनि सूचीबाट हटाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण