Health TV Online
Health TV Online

स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक सूचीबाट हटायो २६ अस्पताल तथा मेडिकल कलेज

स्वास्थ्य बीमा बोर्डले सेवाप्रदायक सूचीबाट हटायो २६ अस्पताल तथा मेडिकल कलेज

हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य बीमा बोर्डले २६ वटा नीजि अस्पताल तथा मेडिकल कलेजलाई आफ्नो सेवाप्रदायक स्वास्थ्य संस्थाको सूचीबाट हटाएको छ।

बोर्डको गत ३२ साउनमा बसेको बैठकले ती स्वास्थ्य संस्थाहरुलाई सेवा प्रदायक स्वास्थ्य संस्थाको सूचीबाट हटाउने निर्णय गरेको हो । यसरी हटाइएका स्वास्थ्य संस्थाहरु अधिकांश आफैले सूचना टाँस गरेर सेवा दिन नसकिने बताउनेहरु छन् । कतिपयले भने बन्द भएको सेवा सुचारु गरीपाउँ भनेर निवेदन समेत दिएका थिए । बोर्डले सूचीकरण भएर पनि नविकरण नभएका स्वास्थ्य संस्थालाई सूचीबाट हटाएको जनाएको छ ।

यसरी हटाउने संस्थाहरुमा पुर्वको नोबेल मेडिकल कलेज देखि दुर्गा प्रसाईको बी एण्ड सी मेडिकल कलेजसम्म रहेका छन् । यसैगरी बोर्डले चितवन मेडिकल कलेज, विराट मेडिकल कलेज, नेशनल मेडिकल कलेज, लाइफ लाइन अस्पताल, फत्तेबाल आँखा अस्पताल लगायतलाई पनि सूचीबाट हटाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना