काठमाडौंमा १२ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको खोप लगाइँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा १२ वर्ष माथिका सबैलाई कोभिड विरुद्धको खोप दिइने भएको छ ।
काठमाडौं स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै भदौ ५ देखि भदौ ११ गतेसम्म १२ वर्ष माथिका सबैलाई फाइजर खोपको पहिलो, दोस्रो तथा बुस्टर पहिलो मात्रा बुस्टर दोस्रो मात्रा खोप दिन लागिएको जनाएको हो । खोप लगाउनका लागि प्राथमिक स्वास्थ्य केन्द्र, सामूदायिक विद्यालय, नगर अस्पताल र सरकारी तथा गैर सरकारी अस्पतालमा जान सकिने पनि सूचनामा उल्लेख छ ।
खोपको लागि उमेर खुलेको परिचय पत्र र बुस्टरका लागि हो भने यस अघिको खोप कार्ड अनिवार्य गरिएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति