आफन्तको मृत्युपछि नर्समाथि हातपात
हेल्थ टिभी अनलाइन \काठमाडौं : भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेज पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत नर्स र सुरक्षाकर्मीमाथि हातपात भएको छ ।
आफन्तको उपचारका क्रममा मृत्यु भएपछि मृतकका छोराले नर्स तथा सुरक्षाकर्मीमाथि हातपात गरेका हुन् ।
अस्पतालको आइसीयूमा उपचार गराईरहेकी फोक्सोको क्यान्सर भएकी आमाको मृत्युपछि मकवानपुरका रोशन सुनारले आइसीयूमा छिरेर त्यहाँ कार्यरत नर्स जस्मिना श्रेष्ठमाथि हातपात गरेका हुन् । अस्पतालभित्रै हातपात भएपछि उनलाई समाउन खोज्दा गेटमा खटिएका सुरक्षाकर्मीलाई धारिलो हतियार प्रहार गरेर हात काटिदिएका थिए ।
अहिले उक्त व्यक्ति प्रहरीको नियन्त्रणमा रहेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण