वरिष्ठ न्युरो सर्जन डा वसन्त पन्त साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मानित
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ न्यूरो सर्जन डा वसन्त पन्त यस वर्षको साहित्य सन्ध्या कृबा पुरस्कारबाट सम्मानित भएका छन् ।
राजधानीमा आयोजित विशेष समारोहमा डा पन्तलाई सो पुरस्कार प्रदान गरिएको हो। साहित्य सन्ध्या कृबा पुरस्कार कृष्णचन्द्र सत्याल र बालकुमारी सत्यालको नामबाट स्थापना गरिएको हो।
साहित्य क्षेत्रमा विकास र विस्तारका लागि ४० वर्ष अघि स्थापित साहित्य सन्ध्याले २०७४ साल देखि चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदान दिने एक जना व्यक्तित्वलाई समेत सम्मान गर्न थालेको थियो। डा पन्तले चिकित्सा क्षेत्रमा पुराएको योगदानको कदर गर्दै यस वर्ष उनलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो ।
पुरस्कार ग्रहण गरेपछि डा पन्तले आफूमा समाजका लागि अझ धेरै जिम्मेवारी थपिएको बताए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण