मधुेमह रोग केहो ? कसरी बच्ने ?
हेल्थ टिभी अनलाइन : मधुमेह मानिसको शरीरको रगतमा सुगर अर्थात चिनीको मात्रा बढी भएर हुने रोग हो । यो कतिपय अवस्थामा वंशाणुगत कारणले त कतिपय अवस्थामा हामीले अपनाउने अस्वस्थकर जीवनशैली तथा वातावरणका कारण हुनसक्छ । धेरै हदसम्म यसका लागि हामी आफै जिम्मेवार पनि हुन सक्छौं । कस्ता व्यक्ति मधुमेहको जोखिममा हुन्छन भने, जो व्यक्ति बढी मोटो छ अर्थात तौल धेरै छ, जसले शारीरिक अभ्यास गर्दैन, जसले खानेकुरामा ध्यान दिंदैन त्यस्ता व्यक्ति मधुमेहको उच्च जोखिममा हुन्छन्। त्यसैगरी कतिपयलाई वंशाणुगत रुपमा पनि मधुमेह हुनसक्छ । परिवारमा कसैलाई मधुमेह छ भने अन्य सदस्यलाई हुने सम्भावना बढी हुन्छ । त्यसैले यस्ता व्यक्ति सुरूदेखि बढी सतर्क हुनुपर्छ ।
गुलियो धेरै खाँदैमा मुधेमह रोग लागिहाल्छ भन्ने होइन । गुलियो कुरा खाँदै नखानेलाई पनि मधुमेह रोग लाग्न सक्छ । यहाँ हामीले के बुझ्न जरुरी छ भने हामीले खाएको हरेक खानेकुरा शरीरमा पुगेपछि सुगर अर्थात ग्लुकोजमा परिणत हुने हो । यो भनेको शरीरको इन्धन हो । यसलाई शरीरमा विभिन्न अंगमा पुराउने काम हाम्रो शरीरको इन्सुलिनले गर्छ । तर कहिलेकाहीं यही इन्सुलिनले सही रुपमा काम गर्न नसक्दा शरीरमा जम्मा भएको सुगरलाई यसले सबै अंगमा पुराउन सक्दैन जसले गर्दा आवश्यक भएको स्थानमा सुगर पुग्दैन रगतमै सुगर थुप्रिन पुग्छ । जसले गर्दा हामीलाई चाहिने इन्धनको कमी हुन्छ र समस्याहरु देखिन थाल्छन । त्यसैले गुलिया कुरा खानेलाई मात्र सुगर रोग लाग्छ भन्नु गलत बुझाई हो । यो जोकोहीलाई पनि हुनसक्छ । यो चिनी वा गुलियो खाएर लाग्ने रोग होइन। हामीले खाएको खानेकुरा सही ठाउँमा जान नसकेर खेर गएको हो।
हेर्नुस, मधुमेह भइसकेपछि यसलाई नियन्त्रण गर्नुको अर्को विकल्प छैन। किनभने यसलाई नियन्त्रण गरिएन भने यसले अन्य अंगहरु मुटु, मिर्गौला, आँखा, नशा जस्ता महत्वपूर्ण अंगमा क्षति पुराएर जटिल बनाइदिन्छ । त्यसैले यसको नियन्त्रण औषधिले मात्र सम्भव छैन । त्यसका लागि चिकित्सकको सल्लाह बमोजिम नियमित औषधिको सेवन, खानपानको व्यवस्थापन, शारीरिक अभ्यास र तनावमुक्त हुन जरुरी हुन्छ । यी सबै कुरा अपनाए मात्र मधुमेह नियन्त्रणमा आउन सक्छ । मैले औषधि त खाएकै छु नि भनेर खानामा जे पायो त्यही खान थालियो भने सुगर नियन्त्रण गर्न सकिंदैन । यसैगरी शारीरिक रुपमा सक्रिय नहुने हो भने पनि सुगर नियन्त्रण गर्न गाह्रो हुन्छ । यसमा बिरामी स्वयंको हात बढी हुन्छ यसलाई नियन्त्रण गर्नका लागि । बिरामी अल्छी भइदिने हो भने सुगर नियन्त्रण गर्न सकिंदैन्।




व्यवहारिक मनोविज्ञान सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन गर्दै नेशनल कलेज
वरिष्ठ प्याथोलोजिस्ट डा सुजन शर्मा स्पेनको बायोसिस्टम्समा प्राविधिक सल्लाहकार नियुक्त
चौंथो सुदीप्ता क्यान्सर सर्भाइभर र्याम्प शो हुँदै
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा सुवास प्याकुरेल नियुक्त
ह्याम्स अस्पताल र म्याक्स सुपर स्पेशालिटी अस्पतालबीच रणनीतिक सहकार्य