Health TV Online
Health TV Online
Health TV Online

‘डेंगुबाट जोगिने एउटै उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो’

‘डेंगुबाट जोगिने एउटै उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो’

हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु संक्रमणबाट जोगिने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु भएको भन्दै विज्ञहरुले यसको टोकाइबाट बच्न सल्लाह दिएका छन् ।

लामखुट्टेले पानी जमेको ठाउँमा अण्डा पार्ने भएकाले आफना वरपर पानी जम्न नदिन पनि उनीहरुको सल्लाह छ । फिजिसियन डा कुन्दन कार्कीले डेंगुको लामखुट्टेले सफा पानी रोज्ने हुँदा गमला, बाल्टी, फुलदानीमा राखिएका पानीमा पनि यसको अण्डाहरु हुन सक्ने भन्दै यस्ता कुराहरुमा पनि ध्यान दिनपर्ने बताए । यो वर्ष १४ हजार बढीमा डेंगु संक्रमण देखिसकेको छ ।

यसैगरी डेंगुबाट जोगिने अर्को उपाय भनेको यसको टोकाइबाट जोगिन पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा जाली हाल्ने तथा साँझपख सकेसम्म बाहिर ननिस्कने गर्नुपर्छ । यसैगरी तेस्रो नम्बरमा यदि केही गरी ज्वरो आउने, टाउकाे दुख्ने भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ। ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना डाबर देखिनु र मांसपेशी तथा जोर्नीहरु दुख्नु यसका लक्षणहरु हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना