Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

‘डेंगुबाट जोगिने एउटै उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो’

‘डेंगुबाट जोगिने एउटै उपाय लामखुट्टेको टोकाइबाट बच्नु हो’

हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु संक्रमणबाट जोगिने एउटै मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु भएको भन्दै विज्ञहरुले यसको टोकाइबाट बच्न सल्लाह दिएका छन् ।

लामखुट्टेले पानी जमेको ठाउँमा अण्डा पार्ने भएकाले आफना वरपर पानी जम्न नदिन पनि उनीहरुको सल्लाह छ । फिजिसियन डा कुन्दन कार्कीले डेंगुको लामखुट्टेले सफा पानी रोज्ने हुँदा गमला, बाल्टी, फुलदानीमा राखिएका पानीमा पनि यसको अण्डाहरु हुन सक्ने भन्दै यस्ता कुराहरुमा पनि ध्यान दिनपर्ने बताए । यो वर्ष १४ हजार बढीमा डेंगु संक्रमण देखिसकेको छ ।

यसैगरी डेंगुबाट जोगिने अर्को उपाय भनेको यसको टोकाइबाट जोगिन पूरा बाहुला भएको लुगा लगाउने, झ्याल ढोकामा जाली हाल्ने तथा साँझपख सकेसम्म बाहिर ननिस्कने गर्नुपर्छ । यसैगरी तेस्रो नम्बरमा यदि केही गरी ज्वरो आउने, टाउकाे दुख्ने भएमा तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।

डेंगु एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेको टोकाइबाट सर्दछ। ज्वरो आउनु, टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा स–साना डाबर देखिनु र मांसपेशी तथा जोर्नीहरु दुख्नु यसका लक्षणहरु हुन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार