केन्द्रीय कारागार अस्पतालमा डेंगु रोकथाम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय कारागार अस्पतालका डेंगु रोकथाम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको ज्वरोका बिरामीहरु बढ्न थालेपछि केन्द्रीय कारागार अस्पतालले केन्द्रीय सुधार गृह, भद्र सुधार गृह, महिला सुधार गृहका आन्तरिक प्रशासनका चौकिदार, नाइके, सह नाइके र नक्खु, डिल्लीबजार कारागारमा कार्यरत स्वास्थ्यकर्मी, अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष, अप्रत्यक्ष संलग्न सवैलाई डेंगु नियन्त्रण सम्बन्धि प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।
देशभर डेंगुको संक्रमण १३ हजार बढी पुगेको अवस्था छ भने धरानले जनस्वास्थ्य आपतकाल घोषणाको माग गरिरहेको छ । यस्तो अबस्थामा सरोकारवाला सवै सक्रिय र सचेत रहनपर्ने भएकाले रोग नियन्त्रण तथा रोकथाममा गम्भीर रुपले लाग्न मंगलबार केन्द्रिय कारागार अस्पातालको सभा हलमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेट डा. प्रकाश बुढाथोकीको अध्यक्षतामा हरेक सुधार गृहबाट १० जनाका दरले ४० जना र उपत्यकामा रहेका कारागार कार्यालयका स्वास्थ्यकर्मी, अस्पतालका बिशेषज्ञ चिकित्सक ,चिकित्सक, नर्सीङ स्वास्थ्यकर्मी, कर्मचारी लगायत करिब १०० जनाको उपस्थितीमा उक्त डेंगु रोकथाम तथा नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम संंचालन तथा सम्पन्न भएको हो ।
महामारी तथा रोग नियन्त्रण महाशाखाको एनटिडि तथा किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा. गोकर्ण दाहालको प्रस्तुती, विश्व स्वास्थ्य संगठनका मेडिकल सर्भिलेन्स अफिसर डा. बन्दना पाण्डे र इन्टोमोलोजिष्ट शिशिर पन्तको थप सहजीकरणमा सम्पन्न उक्त कार्यक्रममा अनाश्रीत प्रहरी गुल्मबाट प्रहरी निरीक्षक ओम प्रकाश यादब, नख्खु कारागारबाट श्री नारायण शाह, डिल्लीबजार कारागारबाट शर्मिला ,केन्द्रीय कारागार अस्पतालका चिकित्सक तथा कर्मचारीहरु र सुधार गृहका चौकीदार,नाईके,सह नाइकेहरुको सक्रिय सहभागीता रहेको थियो ।
कार्यक्रममा केन्द्रीय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बुढाथोकीले केहि दिनदेखि यस अस्पताल तथा कारागार भित्र डेंगुका बिरामी हरु बढेर भुईमा बेड राखेर उपचार गर्न परिरहेकाले यसको रोकथाम र नियन्त्रणको लागि उक्त कार्यक्रम गरिएको बताए ।
कार्यक्रममा उठेका जिज्ञासाहरुलाई डा. बुढाथोकी, ईडिसिडिका डा.दाहाल, बिश्व स्वास्थ्य संगठन नेपालका डा. पाण्डे, डा. पन्तले समाधान गरेका थिए । कार्यक्रमपश्चात इडीसीडीका तर्फबाट अस्पतालका प्रमुख डा. बुढाथोकीलाई डेंगु निदानका लागी किट हस्तान्तरण गरिएको थियो । साथै अस्पताल, कारखाना तथा सुधारगृहमा भएका पानी जम्ने केहि भाँडाहरुबाट लामखुट्टेका लार्भाका नमुना समेत जम्मा गरि परीक्षणका लागि बिज्ञहरुले लगेका छन ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’