देशभर १३ हजार बढी डेंगु संक्रमित

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर डेगुं संक्रमितको संख्या तीब्र रुपमा बढ्दो छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार अहिले देशभर १३ हजार २९२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यसैगरी ७४ जिल्लामा डेंगु संक्रमण देखिएको पनि महाशाखाले जनाएको छ ।
हालसम्म १० जनाको डेंगु संक्रमणबाट मृत्यु भइसकेको छ । कुल संक्रमितमध्ये ७ हजारभन्दा बढी सुनसरीमा मात्रै रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका निर्देशक डा रुद्र मरासिनीले वर्षाको समय भएकाले यो बेला जताततै पानी जम्ने भएकाले लामखु्ट्टेको संख्यामा वृद्धि भई डेंगु संक्रमण पनि बढ्ने बताए । उनले यो बेला अझ बढी सतर्कता अपनाउनपर्नेमा जोड दिए ।
महाशाखाले डेंगु संक्रमणबाट बच्नका लागि सधैं पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली लगाउन, घर वरपर पानी जम्न नदिन आग्रह गरेको छ ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना