डा गोविन्द केसीको अनशन अहिलेलाई स्थगित

हेल्थ टिभी अनलाइन \काठमाडौं : डा गोविन्द केसीको माग पुरा गर्ने प्रतिवद्धता सरकारले गरेपछि डा केसीले अहिलेलाई आफनो अनशन स्थगित गरेका छन् । डा केसीले सोमबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका थिए ।
सरकारले माग पूरा गर्न औपचारिक रुपमा समय मागेपछि एक महिनाका लागि सत्याग्रह स्थगित गरेको डा केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। उक्त अवधिमा पनि माग पूरा नभएमा भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने उनले जनाएका छन्।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिईभिटीको सिट निर्धारण र विद्यार्थी भर्ना लगायतका विषयलाई लिएर अनशनको घोषणा गरेका डा केसीलाई सरकारले मागका सम्बन्धमा समय आवश्यक पर्ने भन्दै अनशन स्थगित गर्न अनुरोध गरेको थियो ।
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना