चिकित्सक संघले भन्यो- ‘नक्कली डाक्टरका नाममा सक्कली डाक्टरलाई पक्राउ गर्नु गम्भीर त्रुटी’
सीआइबीले नक्कली भनेर पक्राउ गरेका डा रञ्जितकुमार यादव रिहा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल चिकित्सक संघले सीआइबीले चलाएको अनुसन्धान अन्तर्गत सक्कली चिकित्सकलाई पक्राउ गरेकोमा आपत्ति जनाएको छ ।
संघले विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक संघका आजीवन सदस्य समेत रहेका डा रञ्जितकुमार यादवलाई नक्कली चिकित्सक भन्दै पक्राउ गरेकोमा आपत्ति जनाएको हो । आफनो काममा दत्त चित्त भएर सेवा गरिरहेका चिकित्सकको मानमर्दन हुने गरी तथा न्युनतम मानवअधिकारको समत ख्याल नगरी फितलो अनुसन्धानका आधारमा पक्राउ गरेको संघले भत्सर्ना गरेको छ ।
नेपाल मेडिकल काउन्सिल जस्तो जिम्मेवार संस्थाले सीआइबीलाई कसरी गलत विवरण दियो भन्दै संघले काउन्सिललाई पनि सच्चिन भनेको छ । यसरी गलत सूचना दिनेलाई कडा कारवाही गर्न समेत संघले आग्रह गरेको छ ।
नक्कली डाक्टर भन्दै पक्राउ परेका सक्कली डा रञ्जितकुमार यादव रिहा भइसकेका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण