चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने मागसहित चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको आन्दोलन
हेल्थ टिभी अनलाइन\काठमाडौं : चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले चिकित्सा शिक्षा आयोगको अदूरदर्शिता र असक्षमताका कारण नेपालको चिकित्सा क्षेत्र तहस—नहस भएको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
संघर्ष समितिलेबिहीबार राजधानीमा पत्रकार सम्मेलन गरेर विरोधका थप कार्यक्रमहरु सार्वजनिक गरेको हो । समितिले चिकित्सा शिक्षा ऐन परिमार्जन, सिटीइभिटीको पुनसंरचना, स्तरोन्नती गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने, आयोग र सिटीइभिटीको बदनियतले बन्द भएका नर्सिङ कलेजमा तत्काल भर्ना खोल्नुपर्नेलगायतका माग राखेर आन्दोलन सुरु गरेको हो ।
कार्यक्रममा संघर्ष समितिका संयोजक निर्मल सापकोटाले आफूहरुले पटकपटक शान्तिपूर्ण रुपले माग राख्दा सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रनु परेको बताए । उनले तेस्रो चरणको कार्यक्रम अन्तर्गत २७ साउन शनिबार माइतीघर मण्डलामा ९ देखि १२ बजेसम्म धर्ना दिइने र सो धर्ना कार्यक्रम देशभर सुरू हुने बताए । २८ गते आइतबार देशभर धर्नाको समर्थनमा शान्तिपूर्ण र्याली आयोजना गर्ने र सो दिन सबै कलेजसमेत बन्द गर्ने कार्यक्रम रहेको जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालकहरुले चिकित्सा शिक्षा आयोगको एकलौटी निर्णय र अव्यवहारिक प्रणालीका कारण देशभित्रै गुणस्तरीय स्वास्थ्य शिक्षाको प्रचुर सम्भावना हुँदाहुँदै विद्यार्थीहरु विदेशिन बाध्य भएको भन्दै चिकित्सा शिक्षा आयोग खारेज सम्मको माग अघि सारेका थिए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण