सात हजार सात सय जनामा डेंगु संक्रमण पुष्टि, सबैभन्दा धेरै धरानमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा हालसम्म ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण पुष्टि भएको बताइएको छ । स्वास्थ्य सेवा विभाग इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले हालसम्म ७ हजार ७ सय ३३ जनामा डेंगु संक्रमण पुष्टि भएको र ती मध्ये ७ जनाको मृत्यु भएको बताएका हुन् ।
सबैभन्दा धेरै सुनसरीको धरानमा डेंगु संक्रमण देखिएको पनि डा मरासिनीले जनाएका छन् । अहिले सम्म ७१ जिल्लामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । पानी परिरहेकाले यो बेला अझ धेरै डेंगु संक्रमणको जोखिम बढ्ने हुँदा अहिले विशेष ख्याल गर्नुपर्नेमा उनले जोड दिए ।
उनले डेंगुबाट बच्ने एउटै उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु भएकाले यसबाट बच्न घर वरपर पानी जम्न नदिन, पुरै शरीर ढाकिने लुगा लगाउन तथा झ्याल ढोकामा जाली लगाउन आग्रह गरे ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’