सबै वडाहरुमा डेंगु फैलाउने लामखुट्टेको लार्भा नस्ट गर्ने कार्यक्रम सञ्चालन गर्दै काठमाडौं महानगर

हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं महानगरपालिकाले सबै वडाहरुमा डेंगु फैलाउने लामखुट्टेको लार्भा नस्ट गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ ।
डेंगुको संक्रमणबाट हुन सक्ने महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले सबै वडामा एकै पटक लार्भा नष्ट गर्नेसहित सचेतना अभियानलाई तीब्र बनाएको हो । यस क्रममा बुधबार वडा वडामा पानी जमेका ठाउँमा लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने क्रियाकलाप गरिएको थियो । यस क्रममा वडा वडामा लार्भा नष्ट गर्ने, सर्वसाधारणलाई रोगका विषयमा जानकारी दिने, सरसफाइ गर्ने, सफा गरिएको ठाउँमा चुना छर्किने क्रियाकलाप भइरहेको छ । माइकिङ् गरेर रोगका विषयमा जानकारी दिँदै, रोग नियन्त्रणका लागि नागरिकको सहभागिताका लागि अनुरोध गरिँदै छ । वडाको अगुवाईमा चलेको कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वयमसेविकासहित स्थानीयहरु सहभागी भइरहेका छन् ।
यसका अतिरिक्त महानगरले डेंगु रोगको बारेमा टेलिफोनमार्फत परामर्श दिन रोगका लक्षण, उपचार, सावधानी हटलाइन ११८० लाई २४ सै घण्टा सञ्चालनमा ल्याएको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सकिने प्रबन्ध मिलाइएको छ । रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिहरु स्वास्थ्य प्रवर्धन केन्द्रमा पर्याप्त उपलब्ध गराएको पनि महानगरले जनाएको छ ।
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु
भारतको अहमदाबादमा विमान दुर्घटना
औषधिको मूल्य नीति सुझाव समितिको प्रतिवेदनमा उद्योगी तथा व्यवसायीको आपत्ति