Health TV Online
Health TV Online

वीर अस्पतालमा थप बेडसहित भीआईपी र भीभीआईपी कक्ष सञ्चालन

वीर अस्पतालमा थप बेडसहित भीआईपी र भीभीआईपी कक्ष सञ्चालन

हेल्थ टिभी अनलाइन \ काठमाडौं : वीर अस्पतालले विशिष्ठ व्यक्तिहरु भीआईपी र भीभीआईपीका लागि थप बेड र सुविधा सहित भीआईपी र भीभीआईपी कक्ष सञ्चालनमा ल्याएको छ । वीर अस्पतालको पुरानो भवनमा पहिलेदेखि नै भीआईपी र भीभीआईपीका लागि दुई शैया छुट्याइएको थियो । अहिले नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर कुल ५ शैया भिआईपी र भिभिआईपीका लागि सुविधा सम्पन्न कक्ष निर्माण गरेर सञ्चालनमा ल्याइएको हो ।

वीर अस्पतालमा सञ्चालनमा आएको भीआईपी र भीभीआईपी कक्षको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले अवलोकन गरेपछि उक्त कक्ष सञ्चालनमा आएको हो । स्वास्थ्य मन्त्री बस्नेतलेभीआईपी र भीभीआईपीको जुनसुकै किसिमको उपचार पनि नेपालमै गर्न सकिन्छ भन्ने मान्यताका साथ वीरमा रहेको भीआईपी र भीभीआईपी कक्षको सुविधा र संख्या थप गरेर सञ्चालनमा ल्याइएको बताए ।

सरकारी खर्चमा विदेशमा गएर उपचार गर्ने प्रचलन रोक्नका लागि वीरमा अहिले चालिएको कदम प्रभावकारी हुने र सम्पूर्ण भिआईपी तथा भिभिआईपीले नेपालमै उपचार गर्ने सुविधा वीरमा उपलब्ध गरेको मन्त्री बस्नेतको दावी छ ।

मन्त्री बस्नेतले भने, ‘वीरमै सुविधा सम्पन्न कक्षको व्यवस्था र उपचारका लागि सरकारी र नीजि क्षेत्रका गरि १५ सदस्यिय विशेषज्ञ चिकित्सकको टीम बनाएका छौ । त्यही टीमले उपचार गर्छ । उपचारका लागि कोही पनि विदेश जानु पर्दैन ।’ मन्त्री बस्नेतले अस्पतालले दिने सेवामा कुनै कमि हुन नदिन पनि न्याम्स र वीरका पदाधिकारीलाई निर्देशन दिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स का उपकुलपति प्रा डा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठन भएको भीआईपी र भीभीआईपी उपचार विशेषज्ञ समितिमा डा किरण श्रेष्ठ, डा धुर्व गैरे, डा रविराम श्रेष्ठ, डा शैली प्रधान, डा भगवान कोइराला, डा पुकारचन्द्र श्रेष्ठ, डा महेश अधिकारी, डा सुभाष आचार्य, डा सुन्दुक रुइत, डा शशी शर्मा, डा रत्न गजुरेल, डा भोला रिजाल, डा मनबहादुर केसी, डा रमेश चोखानी रहेका छन् ।

उपकुलपति डा बस्नेतले पहिले पनि भीआईपी र भीभीआईपी उपचारका लागि ओपिडीमा आउने गरेको जानकारी दिदै केही समय यता भर्ना नै हुने गरि कोही नभएको तर अव सुविधा सम्पन्न भएपछि उपचारका लागि आउने विश्वास व्यक्त गरे । उपचार कक्षमा आवश्यक उपकरण सहित अतिथि सत्कार कक्ष, आगन्तुक प्रतिक्षालय सहित किचेन समेतको सुविधा छ । वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले पुरानो भवनमा २ र नयाँ सर्जिकल भवनमा ३ शैया थप गरेर ५ शैयाको भिआईपी तथा भिभिआईपी कक्ष सञ्चालनमा आए पछि उपचारका लागि विदेश जाने चलन कम हुने बताए

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना