नर्सलाई बेलायत पठाउन सरकारले माग्यो आवेदन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालबाट बेलायतमा नर्स पठाउनका लागि नेपाल सरकार र बेलायत सरकारबीच सम्झौता भएको छ । सम्झौता भएसँगै श्रम तथा रोगगार मन्त्रालयले त्यहाँ जान चाहने नर्सका लागि अनलाइन आवेदन खुल्ला गरेको छ । श्रम मन्त्रालयले पहिलो चरणमा १०० जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो।
त्यसका लागि २० जुलाईदेखि अक्टुबर १९ सम्म बेलायत जान इच्छुक र मापदण्ड पुरा गरेका नर्सले अनलाइनमार्फत आवेदन भर्न सक्ने जनाइएको छ ।
नेपाल सरकार वा विदेशको मान्यता प्राप्त शिक्षण संस्थाबाट अध्ययन पूरा गरी स्टाफ नर्स, नर्सिङमा स्नातक वा नर्सिङमा स्नातकोत्तर गरेकाले आवेदन दिन पाउने छन्। बेलायत जान आवेदन दिने नर्सले आईएलटीएसमा भने न्यूनतम ७ अंक ल्याएको र २ वर्ष कम गरेको अनुभव भएको हुनुपर्ने व्यवस्था गरिएको छ।
बेलायतमा रोजगारीका लागि नर्स लैजाने विषयमा दुई देशबीच एक वर्षअघि नै सम्झौता भएको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’