क्यान्सर उपचारमा अब्बल बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल
राजीव गान्धी क्यान्सर इन्स्टिच्युटले गर्यो उपचार, सीप र प्रविधि आदानप्रदानमा सम्झौता

हेल्थ टिभी अनलाइन \काठमाडौं : भारतको नयाँ दिल्लीस्थित राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टर तथा बिर्तामोड झापाको पूर्वाञ्चल क्यान्सर अस्पतालबीच क्यान्सर उपचारमा आवश्यक सीप, अनुसन्धान र प्रविधि आदानप्रदान सम्बन्धी सम्झौता भएको छ।
शनिबार बिर्तामोडमा एक कार्यक्रमको आयाेजना गर्दै राजीव गान्धी क्यान्सर इन्स्टिच्युट एण्ड रिसर्च सेन्टरका मेडिकल निर्देशक डा सुधिर कुमार रावल र पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल निर्देशक डा विरेन्द्र यादवले हस्ताक्षर गरेका छन्।
उक्त सम्झौता अनुसार अबदेखि राजीव गान्धीका विज्ञ चिकित्सकले पूर्वाञ्चल क्यान्सर अस्पतालका चिकित्सक, स्वास्थयकर्मी तथा प्राविधिकलाई आवश्यक तालिम दिने, फेलोसिप कार्यक्रममा सहभागिता गराउने तथा राजीव गान्धीमा उपचार गराएका बिरामीलाई यहीं नै फलो गर्नका लागि समन्वय गरिने अस्पतालका मेडिकल निर्देशक विरेन्द्र यादवले बताए । यसका साथै पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार सम्भव नहुने क्यान्सर बिरामीलाई अस्पतालले नै समन्वय गर्दै राजीव गान्धीमा चिकित्सकसहितको समय लिएर उता पठाइने र त्यसरी पठाउँदा बिरामीलाई उपचारमा १० प्रतिशत छुट दिइनेछ ।
यो सम्झौताले पूर्वाञ्चल क्यान्सर अस्पतालको सेवा बिस्तार तथा चिकित्सक तथा प्राविधिक स्वास्थ्यकर्मीको सीप र ज्ञान साटासाट गर्न ठूलो सहयोग पुग्ने देखिन्छ । अस्पतालका मेडिकल निर्देशक डा यादवले भने, ‘राजीव गान्धी जस्तो सुविधिासम्पन्न इन्स्टिच्युटले हामीलाई विश्वास गरेर सीप र उपचार साटासाटमा सम्झौता गर्नु नै हाम्रो लागि ठूलो कुरा हो । त्यसमा पनि यो सम्झौताले हामीलाई भन्दा पनि बिरामीलाई नै बढी फाइदा हुने हो । किनकी यो सम्झौता अनुसार अबदेखि राजीव गान्धीमा उपचार गराइरहेका बिरामीलाई हामी यहीं फलो अप गर्न सक्छौै भने यदि उताकै चिकित्सकसँग परामर्श चाहिएमा हामीले नै टेलिमेडिसिन मार्फत उक्त व्यवस्था गरिदिनेछौ ।यसले बिरामीलाई बारम्बार स – सानो कुराको लागि दिल्ली नै जान परेन ।
यसका साथै अस्पतालमा आवश्यक परेको खण्डमा राजीव गान्धीका चिकित्सक यहीं आएर पनि बिरामीको उपचार र अनुसन्धानमा सघाउने छन् उनले भने।
‘सम्झौता पत्रमा हस्ताक्षर गर्दै राजीव गान्धी क्यान्सर इन्स्टिच्युटका मेडिकल निर्देशक डा सुधिर कुमार रावलले राजीव गान्धी इन्स्टिच्युटले पूर्वाञ्चल क्यान्सर अस्पतालसँग सम्झौता गर्नुको कारण यस अस्पतालले स्थापनाको छोटो समयमा क्यान्सर उपचारमा गरेको प्रगति भएको बताए । उनले आफूहरु यहाँ आएर हेर्दा आफनो सेन्टरमा भन्दा प्रविधिका हिसाबले कुनै कमी नदेखेको सुनाए । हो हामी पुरानो संस्था हौं, यो त बल्ल ३ वर्ष पुग्दैछ यो छाेटो समयमा पनि जुन अत्याधुनिक प्रविधि र उत्कृष्ट टिम खडा गरेको छ यो असाध्यै प्रशंसा योग्य छ ।
यो सम्झौताले पूर्वाञ्चल क्यान्सर अस्पतालको सेवा बिस्तार तथा चिकित्सक तथा प्राविधिक स्वास्थ्यकर्मीको सीप र ज्ञान साटासाट गर्न ठूलो सहयोग पुग्ने देखिन्छ । अस्पतालका मेडिकल निर्देशक डा यादवले भने, ‘राजीव गान्धी जस्तो सुविधिासम्पन्न इन्स्टिच्युटले हामीलाई विश्वास गरेर सीप र उपचार साटासाटमा सम्झौता गर्नु नै हाम्रो लागि ठूलो कुरा हो । त्यसमा पनि यो सम्झौताले हामीलाई भन्दा पनि बिरामीलाई नै बढी फाइदा हुने हो । किनकी यो सम्झौता अनुसार अबदेखि राजीव गान्धीमा उपचार गराइरहेका बिरामीलाई हामी यहीं फलो अप गर्न सक्छौै भने यदि उताकै चिकित्सकसँग परामर्श चाहिएमा हामीले नै टेलिमेडिसिन मार्फत उक्त व्यवस्था गरिदिनेछौ ।यसले बिरामीलाई बारम्बार स – सानो कुराको लागि दिल्ली नै जान परेन ।
उनले पूर्वाञ्चल क्यान्सर अस्पतालमै हुने उपचारका लागि राजीव गान्धीमा आउन नपर्ने र यहीं नै उत्कृष्ट सेवा लिन सकिने समेत जिकीर गरे । उनले यहाँ सम्भव नहुने उपचारमा मात्र हामी कहाँ आउनुहोस त्यसका लागि हामी छँदैछौं ।’ अन्यथा यहीं उपचार हुन्छ ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाइले क्यान्सर उपचारलाई नेपालमै सहज बनाउनका लागि आफूले कुनै कसर बाँकी नराख्ने भन्दै पूर्वाञ्चल क्यान्सरलाई एशियाकै नमुना अस्पताल बनाउने आफनो लक्ष्य रहेको र सोही अनुसार सेवा विस्तार भइरहेको जिकीर गरे ।
पूर्वाञ्चल क्यान्सर अस्पताल क्यान्सर उपचारमा चाहिने सम्पूर्ण अत्याधिुनक प्रविधि र विशेषज्ञको टिमसहित ३ वर्ष अघि सञ्चालनमा आएको हो । यो एक मात्र क्यान्सर अस्पताल हो जहाँ आफनै पेट सिटी स्क्यान उपलब्ध छ । यहाँ क्यान्सरका जटिल भन्दा जटिल शल्यक्रिया तथा उपचार भइरहेका छन् । राजीव गान्धी अस्पतालसँगको यो सम्झौताले पूर्वाञ्चल क्यान्सर अस्पतालमा मात्र हैन नेपालकै क्यान्सर उपचारमा नयाँ आयाम थप्ने विश्वास लिइएको जनाइएकाे छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु