मनमोहन कार्डियोथोरासिक सेन्टरका फार्मेसी इन्जार्च मृत भेटिए

हेल्थ टिभी अनलाइन \काठमाडौं : महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका एक जना कर्मचारी मृत अवस्थामा फेला परेका छन् ।
सेन्टरका फार्मेसी इञ्चार्ज ३५ वर्षीय अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।
शुक्रबार बिहान साढे ८ बजे झुण्डिएको अवस्थामा फेला परेको भन्दै खबर आएपछि प्रहरी वृत्त, महाराजगञ्जको टोली अस्पताल पुगेको थियो । घटनास्थलमा ‘सुसाइट नोट’समेत भेटिएको छ ।
प्रहरीले यसबारेमा अनुसन्धान सुरु गरेको बताएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु