स्वास्थ्यमन्त्रीको अभिव्यक्तिको चौतर्फी विरोध हुन थालेपछि मन्त्रालयले निकाल्यो विज्ञप्ति
अभिव्यक्ति तोडमोड गरिएको मन्त्रालयको दावी
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतको भनाईलाई लिएर चारैतिर विरोध हुन थालेपछि उनको बचाउमा विज्ञप्ति निकालेको छ । मन्त्रालयका सूचना अधिकारी डा पवन कुमार साहले बिहिबार विज्ञप्ति जारी गर्दै मन्त्री बस्नेतले बोलेका कुरा अनावश्यक तोडमोड गरेर मिडियामा आएको जनाइएको छ ।
साहले विज्ञप्ति जारी गर्दे एकजना विशेषज्ञ चिकित्सकलाई खटाईएको ठाउँमा काम गर्न सम्झाई बुझाई गर्दा पनि निजले आफूले राष्ट्रिय ट्रमा सेन्टरमा काम गर्न नपाए आत्महत्या गर्छु भनी पटकपटक धम्कीको भाषा प्रयोग गरेको अवस्थामा निज तोकिएकै स्थानमा जाउन भनेर स्वास्थ्य कर्मचारीको मनोबल उच्च राख्ने सन्दर्भमा सो भाषा प्रयोग भएको भन्दै त्यसलाई तोडमोड गरिएको जनाएका छन्।
वर्षौदेखि सुगममा मात्र स्वास्थ्यकर्मी थुप्रने र दुर्गममा कोही जानै नखोज्ने प्रवृत्तिलाई दूरुत्साहन गर्नका लागि प्रयोग गरिएको भाषालाई लिएर गलत ढंगबाट ब्याख्या गरिएको विज्ञप्तिमा उल्लेख छ ।
मन्त्री बस्नेतले गत आइतबार मन्त्रालयमा पत्रकार सम्मेलनका क्रममा सरुवा गर्दा जान्न बरु आत्महत्या गर्छु भन्ने कर्मचारीलाई डोरी दिने र आफनो कार्यकक्षमा आएर आत्महत्या गर्न भन्नु भन्ने अभिव्यक्ति दिएका थिए । जसको चोतर्फी विरोध भएको थियो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’