Health TV Online
Health TV Online
Health TV Online

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालकाे कार्डियाक अरेस्टका कारण निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालकाे कार्डियाक अरेस्टका कारण निधन

हेल्थ टिभी अनलाइन \काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।

अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको जनाएको छ । स्वास्थ्य अवस्था गम्भीर भएपछि अचेत अवस्थामा उनलाई आज बिहान अस्पताल लगिएको थियो ।

सीता लामोसमयदेखि न्यूरो सम्बन्धी ‘प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी’ नामक दुर्लभ रोगग्रसित भएर ओछ्यान परेकी थिइन । उनी ६९ वर्षकी थिइन । विभिन्न समस्याबाट थला परेकी दाहालको  कार्डियाक अरेस्टका कारण निधन भएको अस्पतालले जनाएको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार

भारतको अहमदाबादमा विमान दुर्घटना

भारतको अहमदाबादमा विमान दुर्घटना