आत्महत्या जस्तो संवेदनशील विषयमा स्वास्थ्यमन्त्री बस्नेतको हल्का टिप्पणी
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले कर्मचारी सरुवाको कुरालाई लिएर विवादास्पद अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको छ ।
बस्नेतले केही कर्मचारी सरुवा गर्ने क्रममा केही कर्मचारीले मेरो काम यहीं नै हुनुपर्छ नत्र आत्महत्या गर्छु भनेर आउने गरेको र उनीहरुलाई आत्महत्याका लागि डोरी दिनुस भनेर सचिवहरुलाई आफूले भनेको बताएका छन्। उनले कर्मचारीले सचिवकोमा आफनो सरुवा गरिए आत्महत्या गर्ने सम्मको घुर्की लाएको भन्दै त्यसो गर्ने भए डोरी किनेर दिनुस र सचिवको कोठामा झुन्डिन मन नलागे मन्त्रीको कोठामा जान भन्दिनुस् भनेको समेत जिकीर गरे । आफूले २ महिनामा गरेका कामको उपलब्धि सार्वजनिक गर्न सोमबार मन्त्रालयको हलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
आत्महत्या जस्तो संवेदनशलि विषयमा मन्त्री जस्तो सार्वजनिक पदमा बसेको जिम्मेवार व्यक्तिले हल्का र गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै सबैतिर उनको निन्दा भइरहेको छ । यहीवीच राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले मन्त्री बस्नेतको कर्मचारी सरुवालाई लिएर आत्महत्याको विषयमा गरेको टिप्पणी आपत्तिजनक भएको बताएकी छिन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण