नेपालमा आफूखुशी एन्टिबायोटिकको प्रयोग बढ्दो : अध्ययन

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा आफूखुशी एन्टिबायोटिकको प्रयोग बढ्दो देखिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले एक वर्ष लगाएर गरेको अनुसन्धानले यस्तो देखाएको हो । बिहिबार अनुन्धानको नतिजा सार्वजनिक गर्दै परिषद्का कार्यकारी सदस्य सचिव डा प्रदिप ज्ञवालीले नेपालमा एन्टिबायोटिकको प्रयोग आफूखुशी फार्मेसी पसलमा गएर किनेर खानेको संख्या धरै नै रहेको बताए ।
उनले जथाभावी एन्टीबायोटिक प्रयोगले एन्टीमाइक्रोबियल रेसिस्टेन्सको समस्या बढेको समेत जिकीर गरे । अध्ययन अनुसार नेपालमा २८ प्रतिशत बिरामीले डाक्टर तथा स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सन बिना नै एन्टीबायोटिक किनेर खाने गरेको देखाएको छ । यसैगरी २२ प्रतिशत बिरामीले आफूले खान सुरु गरेको एन्टीबायोटिक कोर्स पूरा नगर्ने गरेको पाइएको छ ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले एन्टिबायोटिकको जथाभावी प्रयोगसम्बन्धी अध्ययनले अब मन्त्रालयलाई यसको अवस्था के छ र अब कसरी काम गर्ने भन्नेमा सहयोग पुराउने बताए । उनले यस किसिमको अध्ययन आवश्यक भएका बेला परिषद्ले एन्टीबायोटिक र यसले निम्त्याएको समस्याकोबारेमा अध्ययन गरेकोमा धन्यवाद समेत दिए । उनले स्वास्थ्यकर्मीलाई जथाभावी एन्टीबायोटिक नलेख्न र बिरामीलाई पनि आफूखुशी एन्टीबायोटिक नखान आग्रह गरे ।
अध्ययन अनुसार नेपालमा डाक्टर तथा स्वास्थ्यकर्मीले एन्टिबायोटिकको प्रेस्क्राइब गर्दा ध्यान नदिएको समेत देखाएको छ । यसैगरी ८५ प्रतिशत डाक्टरले एन्टिबायोटिकको जेनरिक नाम नलेखेको पाइएको छ । यसैगरी नेपालमा डाक्टरले प्रिस्क्राइव गरिएका औषधिमध्ये ३७ दशमलब ८ प्रतिशत औषधि एन्टिबायोटिक रहेको पाइएको छ । जुन विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा बढी हो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु