Health TV Online
Health TV Online
Health TV Online

कैदीबन्दीहरुका लागि सकारात्मक सोच सम्बन्धी कार्यक्रम

कैदीबन्दीहरुका लागि सकारात्मक सोच सम्बन्धी कार्यक्रम

हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुका लागि सकारात्मक सोच सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीको सक्रियतामा लागुऔषध दुरुपयोग तथा अबैद्य ओसार पसार बिरुद्धको अन्तराष्टिय दिवस जुन २६ को सन्दर्भ पारेर कारागार कार्यालय जगन्नाथदेवलको भद्र सुधार गृहमा मंगलबार बिहान कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले कैदीजीवन बिताईरहेका सैयौ कैदीबन्दीहरुलाई आफुमा सकारात्मक सोच ल्याउन आग्रह गर्दे करिब ४५ मिनेटको प्रस्तुती दिएका थिए ।

उनको प्रवचन र जेल पछि पनि जीवन छ भन्ने पुस्तकको भावार्थ जानकारी गराउँदा कैदीबन्दीहरु निकै उत्साहि भएका थिए । अन्तरक्रिया कार्यक्रममा कैदीबन्दीहरुले भाग लिंदै आफनो जेल जीवनपश्चात सकारात्मक सोच मार्फत समाज र देश निर्माणमा लाग्ने बताएको केन्द्रिय कारागार अस्पतालका निर्देशक डा. प्रकाश बुढाथोकीले बताए । यसैगरी उनल् यस्ता कार्यक्रमहरु अन्य सुधार गृह तथा कारागार कार्यालयहरुमा नियमित र निरन्तर गर्ने सोच रहेको समेत जानकारी दिए ।

३ सय बढी कैदीबन्दी संलग्न उक्त कार्यक्रममा अस्पतालका प्रमुख डा बुढाथोकी, कारागार प्रशासक ललित बस्नेत, सुरक्षा प्रमुख डि.एस.पी. कुमार थापा, लायन्स क्लब अफ बाग्मती क्यान्सर केयरका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ, नेपाल क्यान्सर रिलिफ सोसाईटिका सुरेश सापकोटा, डा. सम्पदा श्रेष्ठ, सुधार गृहका चौकिदार,बैदार, नाईकेहरु लगायत आन्तरिक प्रशासनको समेत सहभागिता रहेको थियो ।

 

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार