कैदीबन्दीहरुका लागि सकारात्मक सोच सम्बन्धी कार्यक्रम

हेल्थ टिभी अनलाइन \काठमाडौं : केन्द्रीय कारागार अस्पतालमा कैदीबन्दीहरुका लागि सकारात्मक सोच सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीको सक्रियतामा लागुऔषध दुरुपयोग तथा अबैद्य ओसार पसार बिरुद्धको अन्तराष्टिय दिवस जुन २६ को सन्दर्भ पारेर कारागार कार्यालय जगन्नाथदेवलको भद्र सुधार गृहमा मंगलबार बिहान कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले कैदीजीवन बिताईरहेका सैयौ कैदीबन्दीहरुलाई आफुमा सकारात्मक सोच ल्याउन आग्रह गर्दे करिब ४५ मिनेटको प्रस्तुती दिएका थिए ।
उनको प्रवचन र जेल पछि पनि जीवन छ भन्ने पुस्तकको भावार्थ जानकारी गराउँदा कैदीबन्दीहरु निकै उत्साहि भएका थिए । अन्तरक्रिया कार्यक्रममा कैदीबन्दीहरुले भाग लिंदै आफनो जेल जीवनपश्चात सकारात्मक सोच मार्फत समाज र देश निर्माणमा लाग्ने बताएको केन्द्रिय कारागार अस्पतालका निर्देशक डा. प्रकाश बुढाथोकीले बताए । यसैगरी उनल् यस्ता कार्यक्रमहरु अन्य सुधार गृह तथा कारागार कार्यालयहरुमा नियमित र निरन्तर गर्ने सोच रहेको समेत जानकारी दिए ।
३ सय बढी कैदीबन्दी संलग्न उक्त कार्यक्रममा अस्पतालका प्रमुख डा बुढाथोकी, कारागार प्रशासक ललित बस्नेत, सुरक्षा प्रमुख डि.एस.पी. कुमार थापा, लायन्स क्लब अफ बाग्मती क्यान्सर केयरका अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठ, नेपाल क्यान्सर रिलिफ सोसाईटिका सुरेश सापकोटा, डा. सम्पदा श्रेष्ठ, सुधार गृहका चौकिदार,बैदार, नाईकेहरु लगायत आन्तरिक प्रशासनको समेत सहभागिता रहेको थियो ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु