सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गर्दै विराटनगर महानगर
हेल्थ टिभी अनलाइन \विराटनगर : विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र विक्रीमा थप कडाइ गर्ने भएको छ । साउन १ गतेबाट विराटनगरको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले बताएकी हुन् ।
स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्दको समन्वयमा आउटरिच मिडिया, हेल्थ आवाज र विराटनगर ७ नं. वडाको संयुक्त आयोजनामा विराटनगरमा बुधबार भएको धप्रमान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नदिने बताइन् । ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइको साथ लागु गरेर कार्यन्वयनमा लिएर जानेछौं,’ उनले भनिन्, ‘महानगरले विराटनगरको सार्वजनिक स्थलमा १ साउनबाट सुर्तीजन्य पदार्थ विक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाएर लानेछौं ।’ अटेर गर्नेलाई ऐनमा भएको नियम अनुसार कारवाहीको दायरामा ल्याएने पनि उनले बताइन् । उनले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने अभियानमा सबै संघसंस्थाको साथ सहयोगको लागि आग्रह समेत गरिन् ।
कार्यक्रममा बोल्दै कोशी अस्पतालका दन्त रोग विशेषज्ञ डाक्टर सुधिर श्रेष्ठले सुर्तीजन्य पदार्थको सेवनको कारण मुखको क्यान्सरका विरामीको संख्यामा वृद्धी आएको बताए । ‘धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोले मुखको क्यान्सर अहिले बढेको छ,’ उनले भने, ‘कोशी अस्पतालमा अहिले दैनिक २÷३ जना मुखको समस्या लिएर विरामीहरु आउने गरेका छन् । आएका विरामीहरू सुर्तीजन्य पदार्थ सेवनको कारणले समस्या लिएर आउनेहरू रहेका छन् । ’
कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साह, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठ, विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, विराटनगर ७ का वडाअध्यक्ष मधुवावु तिवारी, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोल, पब्लिक फोरमका अध्यक्ष उतम ढुङगेलले रोग निम्त्याउने सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन अन्त्य गरेर अगाडी बढनुपर्ने बताए । त्यसको लागि सचेतना मुलक कार्यक्रम गरेर सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइको साथ लागु गर्नुपर्नेमा जोड दिएका थिए ।
यसैगरी कार्यक्रममा स्वास्थ्य पत्रकार कल्पना आचार्यले सुर्तीजन्य पदार्थ नियन्त्रणमा मिडियाको भूमिका विषयमा प्रस्तुतीकरण गरेकी थिइन्। उनले कानून कार्यान्वयन भए नभएको कुरा सञ्चारकर्मीले निगरानी गर्नुपर्ने र सम्बन्धित निकायलाई खबरदारी गर्नुपर्ने बताइन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’