सुर्तीजन्य पदार्थ विक्री वितरणमा कडाई गर्दै विराटनगर महानगर

हेल्थ टिभी अनलाइन \विराटनगर : विराटनगर महानगरपालिकाले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ सेवन र विक्रीमा थप कडाइ गर्ने भएको छ । साउन १ गतेबाट विराटनगरको सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन र विक्री वितरणमा थप कडाइ गरेर लैजाने विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले बताएकी हुन् ।
स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्दको समन्वयमा आउटरिच मिडिया, हेल्थ आवाज र विराटनगर ७ नं. वडाको संयुक्त आयोजनामा विराटनगरमा बुधबार भएको धप्रमान तथा सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी सरोकारवालाहरुसँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले सार्वजानिक स्थलमा सुर्तीजन्य पदार्थ विक्री वितरण गर्न नदिने बताइन् । ‘सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइको साथ लागु गरेर कार्यन्वयनमा लिएर जानेछौं,’ उनले भनिन्, ‘महानगरले विराटनगरको सार्वजनिक स्थलमा १ साउनबाट सुर्तीजन्य पदार्थ विक्री वितरण र सेवनमा पूर्ण रुपमा रोक लगाएर लानेछौं ।’ अटेर गर्नेलाई ऐनमा भएको नियम अनुसार कारवाहीको दायरामा ल्याएने पनि उनले बताइन् । उनले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने अभियानमा सबै संघसंस्थाको साथ सहयोगको लागि आग्रह समेत गरिन् ।
कार्यक्रममा बोल्दै कोशी अस्पतालका दन्त रोग विशेषज्ञ डाक्टर सुधिर श्रेष्ठले सुर्तीजन्य पदार्थको सेवनको कारण मुखको क्यान्सरका विरामीको संख्यामा वृद्धी आएको बताए । ‘धुम्रपान र सुर्तीजन्य पदार्थको प्रयोले मुखको क्यान्सर अहिले बढेको छ,’ उनले भने, ‘कोशी अस्पतालमा अहिले दैनिक २÷३ जना मुखको समस्या लिएर विरामीहरु आउने गरेका छन् । आएका विरामीहरू सुर्तीजन्य पदार्थ सेवनको कारणले समस्या लिएर आउनेहरू रहेका छन् । ’
कार्यक्रममा मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप साह, वडा प्रहरी कार्यालय विराटनगरका डिएसपी विजय श्रेष्ठ, विराटनगर महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख हैदर अली, विराटनगर ७ का वडाअध्यक्ष मधुवावु तिवारी, प्याब्सन मोरङका कोषाध्यक्ष विष्णु डंगोल, पब्लिक फोरमका अध्यक्ष उतम ढुङगेलले रोग निम्त्याउने सुर्तीजन्य पदार्थको विक्री वितरण र सेवन अन्त्य गरेर अगाडी बढनुपर्ने बताए । त्यसको लागि सचेतना मुलक कार्यक्रम गरेर सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ कडाइको साथ लागु गर्नुपर्नेमा जोड दिएका थिए ।
यसैगरी कार्यक्रममा स्वास्थ्य पत्रकार कल्पना आचार्यले सुर्तीजन्य पदार्थ नियन्त्रणमा मिडियाको भूमिका विषयमा प्रस्तुतीकरण गरेकी थिइन्। उनले कानून कार्यान्वयन भए नभएको कुरा सञ्चारकर्मीले निगरानी गर्नुपर्ने र सम्बन्धित निकायलाई खबरदारी गर्नुपर्ने बताइन् ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु