राष्ट्रपति पौडेलको मुटुको चालमा समस्या, पेसमेकर राखियो

हेल्थ टिभी अनलाइन \काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको चालमा समस्या देखिएपछि पेसमेकर राखिएको छ। मुटुको चालमा गडबडी देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मंगलबार पेसमेकर राखिएको हो।
३ दिनअघि मुटुमा समस्या भएको भन्दै पौडेल मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका थिए । राष्ट्रपति पौडेलको मुटुको चाल ७२ घण्टासम्म नियमित निगरानी गरिएको थियो ।
सो निगरानीमा बेला बखतमा मुटुको चाल कम हुने देखिएपछि विज्ञ चिकित्सकहरुको सुझाव अनुसार मंगलबार पेसमेकर राखिएको अस्पतालका निर्देशक प्राडा रत्नमणि गजुरेलले जानकारी दिएका छन्। अहिले उनको अवस्था सामान्य रहेको बताइएको छ ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु