कैदीबन्दीहरुका लागि विशेषज्ञसहितको शिविर

हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा कैदीबन्दीहरुका लागि विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
जेठ २९ गतेदेखि सुरु भएको बिशेषज्ञ तथा बिशिष्टिकृत स्क्रिनिङ स्वास्थ्य शिविरबाट ५ सय बढीले महिला बन्दी सुधार गृहमा, ६५८ बढी भद्र बन्दी सुधार गृहमा १२ सय बढी केन्द्रिय सुधार गृह जगन्नाथदेवलमा र डिल्लीबजार सुधारगृहमा ७ सय बढी तथा संलग्न कर्मचारी, स्वास्थ्यकर्मी गरि ४ हजार बढीले सेवा लिएका छन् ।
बाँकी रहेका कारागारमा क्रमश यस्तो शिविर सम्पन्न गर्ने कार्यक्रम रहेको केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले जानकारी दिए । । शिविरमा प्रसुती गृहका महिला तथा स्त्रीरोग बिशेषज्ञहरु, मानसिक अस्पतालका मानसिक रोग बिशेषज्ञहरु,ट्रमा सेन्टरका हाड जोर्नी बिशेषज्ञहरु,वीर अस्पतालका छातीरोग बिशेषज्ञहरु, ईन्डोक्राईनोलोजिष्टहरु, छालारोग बिशेषज्ञहरु तथा केन्द्रिय कारागार अस्पतालका बिशेषज्ञ ,चिकित्सक,ल्याब,नर्सिङ र स्वास्थ्यकर्मीहरु गरी ३ दर्जन बढीले सेवा प्रदान गरेका थिए ।
यसैगरी केन्द्रिय कारागार अस्पताल, स्वास्थ्य सेवा समाज र प्रीजन फाउन्डेसनको प्राविधिक सहयोगमा क्षयरोग, एचआईभी÷एडस, रक्तचाप, सुगर लगायत भाईटल्सहरुको स्क्रिनिङ गरिएको थियो । कैदी बन्दीहरुको स्वास्थ्य सेवाको पहुचमा बृद्धि गर्न,कैदी बन्दीहरु रहेकै स्थानवाट आधारभुत तथा अत्याबश्यक अतिरिक्त बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको केन्द्रिय कारागार अस्पतालका निर्देशक डा. बुढाथोकीले बताए ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु