कैदीबन्दीहरुका लागि विशेषज्ञसहितको शिविर
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौंमा कैदीबन्दीहरुका लागि विशेषज्ञसहितको निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
जेठ २९ गतेदेखि सुरु भएको बिशेषज्ञ तथा बिशिष्टिकृत स्क्रिनिङ स्वास्थ्य शिविरबाट ५ सय बढीले महिला बन्दी सुधार गृहमा, ६५८ बढी भद्र बन्दी सुधार गृहमा १२ सय बढी केन्द्रिय सुधार गृह जगन्नाथदेवलमा र डिल्लीबजार सुधारगृहमा ७ सय बढी तथा संलग्न कर्मचारी, स्वास्थ्यकर्मी गरि ४ हजार बढीले सेवा लिएका छन् ।
बाँकी रहेका कारागारमा क्रमश यस्तो शिविर सम्पन्न गर्ने कार्यक्रम रहेको केन्द्रिय कारागार अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश बुढाथोकीले जानकारी दिए । । शिविरमा प्रसुती गृहका महिला तथा स्त्रीरोग बिशेषज्ञहरु, मानसिक अस्पतालका मानसिक रोग बिशेषज्ञहरु,ट्रमा सेन्टरका हाड जोर्नी बिशेषज्ञहरु,वीर अस्पतालका छातीरोग बिशेषज्ञहरु, ईन्डोक्राईनोलोजिष्टहरु, छालारोग बिशेषज्ञहरु तथा केन्द्रिय कारागार अस्पतालका बिशेषज्ञ ,चिकित्सक,ल्याब,नर्सिङ र स्वास्थ्यकर्मीहरु गरी ३ दर्जन बढीले सेवा प्रदान गरेका थिए ।
यसैगरी केन्द्रिय कारागार अस्पताल, स्वास्थ्य सेवा समाज र प्रीजन फाउन्डेसनको प्राविधिक सहयोगमा क्षयरोग, एचआईभी÷एडस, रक्तचाप, सुगर लगायत भाईटल्सहरुको स्क्रिनिङ गरिएको थियो । कैदी बन्दीहरुको स्वास्थ्य सेवाको पहुचमा बृद्धि गर्न,कैदी बन्दीहरु रहेकै स्थानवाट आधारभुत तथा अत्याबश्यक अतिरिक्त बिशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको केन्द्रिय कारागार अस्पतालका निर्देशक डा. बुढाथोकीले बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण