डा सन्दुक रुइतले पाएको अवार्डमा कर छुट

हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइतले पाएको दश लाख अमेरिकी डलर करिब १३ करोड नेपाली रुपैयाँ बराबरको प्रतिष्ठित इसा अवार्डमा कर छुट दिने भएको छ। सोमबार राजपत्रमा सूचना प्रकाशित गर्दै डा रुइतले बहराइनबाट पाउने दश लाख अमेरिकी डलरमा कर छुट दिने निर्णय भएको जानकारी दिइएको हो।
सरकारले आर्थिक ऐन २०७९ को दफा १८ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी डा सन्दुक रुइतलाई बहराइनस्थित इसा अवार्ड ट्रस्टले प्रदान गर्ने इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी अवार्ड साथ प्राप्त हुने अमेरिकी डलर दश लाख रकममा लाग्ने कर छुट दिने निर्णय मिति २०७९ फागुन ११ गते गरेकाले यो सूचना प्रकाशित गरिएको छ भनी सोमबार प्रकाशित राजपत्रमा उल्लेख छ।
नेपाल बन्दैछ स्वास्थ्य र शिक्षा पर्यटनको केन्द्र
फेसबुकमा ‘अलबिदा’ लेखेर सम्पर्कविहिन बनेका डा श्रेष्ठ बालाजुमा सकुशल भेटिए
स्वास्थ्य मन्त्री पौडेलद्धारा माग सम्बोधन गर्ने प्रतिबद्धता, औषधि व्यवसायीको आन्दोलन स्थगित
औषधि मूल्य प्रतिवेदनविरुद्ध व्यवसायिक संघसंस्थाहरू आन्दोलनमा
मेडिसिटी अस्पतालमा कलेजो प्रत्यारोपण सुरु